राजेश हमालको सुझाव : विदेश पढ्न जानु राम्रो हो, बुझेर मात्र जानुहोला

काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन् ।
गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै हमालले उमेर छँदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् । पोखराका केही युवा वर्ग माझ आफ्नो भनाई राख्दै उनले समय परिवर्तनशील भएकाले समयमै हरेक व्यक्तिले आफू भोलि कस्तो बन्ने भन्ने विषयमा निर्णय लिँदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने बताए ।
परिवारको साथ भएको अवस्थामा आफूले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै अभिनेता हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी समेत गरेका थिए । उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सीपलाई भविष्यमा समाज परिवर्तनको लागि र आफ्नो घर परिवारको उज्ज्वल भविष्यको लागि लाग्नुपर्ने भनाई राखे ।
परिवारको सदस्य र आफ्नो स्वइच्छाले विदेश जान चाहेमा राम्रोसँग बुझेर आधिकारिक संस्थाबाट मात्र जानको लागि महानायक हमालको सुझाव थियो । गोरेटोका ब्राण्डएम्बासडर समेत रहेका उनले कस्तो सीप हासिल गर्ने हरेक व्यक्तिले आफ्नो बुद्धि विवेक अनुसार आफैँले समयमै निर्णय लिनुपर्ने उल्लेख गरे ।
काठमाडौँ नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको गोरेटोको शाखा पोखरामा पनि सञ्चालन गरिएको प्रबन्ध निर्देशक धिरज कँडेलले जानकारी दिए । पोखराको चिप्लेढुंगा (महेन्द्रपुल)मा रहेको उक्त शाखाबाट क्यानडा, बेलायतसहितका देशमा उच्च शिक्षा हासिल गर्न सहजीकरण गर्ने निर्देशक कँडेलले बताए ।
गोरेटोले हालै मात्र अध्ययनका लागि युके जाने विद्यार्थीहरूलाई समेत सेवा थालनी गरेको हो । क्यानडा जाने बिद्यार्थीहरुको पहिलो रोजाई बनेको गोरेटोले देशभरका विभिन्न स्थानमा शाखा खोल्दै आफ्नो लोकप्रियता बढाइरहेका बेला अध्ययनका लागि बिद्यार्थीहरुलाई बेलायत पठाउन सुरु गर्दै सेवा विस्तार गरेको हो ।
विश्वव्यापी मान्यता, आधुनिक समय अनुसारको कोर्सहरूको उपलब्धता, पढाई पश्चात् पाइने पोस्ट स्टडी वर्क पर्मिट, छिटो छरितो सरल कागजी प्रक्रिया र अन्य मुलुकको तुलनामा युके अन्तर्राष्ट्रिय विद्यार्थीप्रति उदार भएकाले युके पछिल्लो समय आकर्षणको केन्द्रबिन्दु रहेको कुरा गोरेटो कन्सल्टेन्सीका निर्देशक कँडेलले बताए ।