‘सरकार आफ्नै छाँयाबाट डराइरहेको छ’

काठमाडौँ । स्वतन्त्र सांसद अमरेस कुमार सिंहले अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठक पश्चात् सञ्चार कर्मीहरूसँग बोल्दै उनले कांग्रेस र एमालेहरूले सर्वोच्च अदालतमा आफ्नो कार्यकर्ता भर्ती गरेको र त्यही सर्वोच्च अदालतको न्यायधीशहरुको फैसलाबाट डराइरहेको बताएका हुन् ।
उनले भने, ‘अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको छ । कांग्रेस र एमालेहरूले सर्वोच्च अदालतमा आफ्नो न्यायाधीश कार्यकर्ता भर्ती गरेको छ । त्यही सर्वोच्च अदालतको न्यायधीशहरुको फैसलाबाट डराइरहेको छ ।’
‘आजको दिनमा नेपालको लोकतन्त्र धानेको नै सामाजिक सञ्जाल, युट्युब र सानो मिडियाले हो । ठुला मिडिया त आफ्नो इन्टे«समा सरकारसँग बार्गेनिङ गर्छ र आफ्नो इन्ट्रेन्स पुरा भएपछि चुप लगाउँछ । तर सामाजिक सञ्जालहरू मार्फत जुनसुकै नेपाली होस् देशमा या विदेशमा बसेर सरकारको नियमन गरिरहेको हुन्छ । सरकारले आफ्नै काम कर्तुतले सामाजिक सञ्जाल विधेयक ल्यायो । आखिर २६ करोड ऋण के को लागी ? सरकारले भन्नु पर्यो नि २६ करोडले यो विकास गरे, यती रोजगारी बढ्यो, आर्थिक गतिविधि यति बढ्यो त्यो त छैन ।’ उनले भने।