डीसी नजिकै विमान दुर्घटना: अधिकारीहरू भन्छन् कोही पनि जीवित छैनन्, १८ शव भेटियो

आर्लिङ्टन, भर्जिनिया / अधिकारीहरूले वाशिंगटन, डीसीको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थल नजिकै भएको हवाई दुर्घटनामा कोही पनि जीवित नभएको बताएका छन्।
बुधवार साँझ अमेरिकी एयरलाइन्सको जेट र सेनाको हेलिकप्टर आकासमा ठोकिदा पोटोम्याक नदीमा खसेको थियो।
अधिकारीहरुका अनुसार विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए। दुर्घटना, कम्तीमा १८ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन्।
बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको हो।
दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका थिए। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रकपनि रहेका थिए ।
एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सीबीएसलाई बताएअनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो । हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए ।
हेलिकप्टरमा कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै, ’रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु । अवस्थाको अनुगमन भइरहेको छ ।” भनेका छन्।
उनले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै अगाडि भनेका छन्, “मृतकका आत्मालाई भगवानले शान्ति प्रदान गरुन् ।”