ओहायोमा हुने विश्वशान्ति ज्ञानमहायज्ञका लागि पेन्सिल्भेनियाको ह्यारिसबर्ग र ल्यानक्यास्टरमा अन्तर्क्रिया

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/अमेरिकाको ओहायोमा हुने विश्वशान्ति ज्ञानमहायज्ञ २०२५ का बारेमा आइतबार पेन्सिल्भेनियाको ह्यारिसबर्गमा अन्तर्क्रियाका गरिएको छ।
डेरीस्ट्रीटमा आयोजित कार्यक्रममा जनाइए अनुसार विश्व भुटानी हिन्दु संगठनको आयोजनामा जुलाई १६-२३ तारिख सम्म ॐ सेन्टर दिव्य धाममा ओहायोमा ज्ञानमहायज्ञ हुने छ।
कार्यक्रममा संगठनका अध्यक्ष कमल धिमालले महायज्ञका बारेमा प्रस्टाएका थिए।
‘भुटान, नेपाल, भारत र अमेरिका लगायत विश्वका विभिन्न मुलुकहरूमा ज्यान गुमाएकाहरूको आत्मोद्वारका निमित्त तथा मानसिकरुपमा अस्वस्थ भएकाहरूका भएकाहरूका मानसिक शान्ति र स्वास्थ्य लाभका लागि प्रार्थना गर्दै बेपत्ता पारिएका परिवारजनको पनि चाडै पुनर्मिलन होओस् भन्न कामना सहित महायक्ष गर्न लागेका हौ।‘ अध्यक्ष धिमालले भने।
उनले महायक्षका सार्वजनिक प्रतिबद्धता सहित आह्वान पत्रको पूर्ण विवरण प्रस्तुत गरेका थिए।
‘महायज्ञको उद्देश्य वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण- संवर्द्धन, प्राचीन वैदिक याज्ञीय पद्धतिको प्रशिक्षण र प्रचार प्रसार एवम् समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरणका गरिने छ।‘ सो क्रममा अध्यक्ष धिमालले भने।
महायक्षका सार्वजनिक प्रतिबद्धता सहित आह्वान पत्रको पूर्ण विवरण
अध्यक्ष धिमालको प्रस्तुति पछि ह्यारिसबर्गका विभिन्न व्यक्तिहरुले महायज्ञको सफलताको लागि आफू र संस्थाको तर्फबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।
अन्तर्क्रिया कार्यक्रममा भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौला, हिन्दु धर्म तथा सांस्कृतिक अर्गनाइजेशन (ओएचआरसी) का अध्यक्ष प्रेम खनाल, कार्यकारी निर्देशक डा. तुलाराम न्यौपाने, वैष्णव परिषद्का अध्यक्ष लक्ष्मण दाहाल लगायतले महायज्ञको सफलताको कामना गर्दै आफूहरूले सहयोग गर्ने बताए।
सोही कार्यक्रममा बीएनएन इन्टरनेश्नल ग्रोसरीका संचालक भुवानी कोराइराला र उनीकी श्रीमती रुपा कोइराला एवं परिवारको तर्फबाट महायक्षका लागि २५ हजार अमेरिकी डलर दाना दिने घोषणा गरिएको थियो।
महायक्ष आयोजक समितिले आइतबार नै ल्यानक्यास्टरमा पनि अर्को अन्तरक्रिया आयोजना गर्यो। विश्व भुटानी हिन्दु संगठन सचिव गोविन्द सुवेदीका अनुसार ल्यानक्यास्टरको कार्यक्रममा पनि सहभागिता बाक्लो रहेको थियो।
’ल्यानक्यास्टरमा ५० जना भन्दा धेरैको सहभागिता रहयो, ह्यारिसबर्गकै फर्म्याटमा कार्यक्रम चलायौ, सबैले राम्रो प्रतिक्रिया दिनु भएको छ।’ सचिव सुवेदीले समाज टाइम्स सँग भने।
ह्यारिसबर्गमा आयोजित अन्तर्क्रिया कार्यक्रमका थप तस्बिरहरू