क्यालिफोर्नियामा फैलिएको तीनवटा ठुला डढेलो, दुई जनाको निधन, दशौं हजार विस्थापित
क्यालिफोर्निया/ अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियाको लस एन्जलस काउन्टीको प्यालिसेड्समा आगलागीबाट दुई जनाको निधन भएको छ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको तीनवटा ठुला डढेलोले कम्तीमा दुई जनाको मृत्यु भएको हो।
आगलागीमा दशौं हजार बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको काउन्टीका अग्नि प्रमुख एन्थोनी म्यारोनले बुधवार बताए।
प्यासिफिक प्यालिसेड्समा मंगलबारदेखि सुरु भएको विनाशकारी हावाबाट चल्ने ब्रश डढेलो, बुधवारसम्म पाँच हजार एकड (२०.२३ वर्ग किलोमिटर) मा फैलिएको थियो र नियन्त्रण शून्य थियो।
(तस्बिर: किउ चेन/सिन्ह्वा)