होलिडे सिजनमा चीनमा उत्पादित ताजा फूलको निर्यात बढ्यो
एजेन्सी । चाडपर्वको सिजन सुरु हुने बित्तिकै चीनको ताजा फूलको निर्यात बढेको छ ।
चिनियाँ फूलको माग देश एवम् विदेशमा बढ्न थालेको हो ।
विदेश निर्यात बढेपछि दक्षिण पश्चिमी चीनको युनान प्रान्तमा रहेको एउटा फूल कम्पनीमा कामदारहरू अष्ट्रेलियाका लागि तय गरिएको सिम्बिडियम अर्किडको ब्याच प्याकिङमा व्यस्त छन्। स्थानीय व्यापारीहरू फुलको माग बढेकोमा खुशी छन् ।
भन्सार तथ्याङ्कले देखाउँछ कि युनानबाट ताजा फूलको निर्यात वर्षको पहिलो ११ महिनामा करिब ९२ मिलियन अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको तुलनामा ३० प्रतिशतले बढी हो। विशेष गरी ओशिनिया, रुस र जापानबाट पनि माग बढिरहेको फूल व्यापारीले बताए ।
(सीसीटिभीप्लस)