ईगलपास पोर्टमा ३७२ हजार डलर बराबरको लागुऔषध बरामद
पेन्सिल्भेनिया । अमेरिकी कस्टम्स एण्ड बोर्डर प्रोटेक्शन (सीबीपी) अफिसले ईगलपास पोर्ट अफ इन्ट्रीमा ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ।
डिसेम्बर १६ मा इन्टरनेशनल ब्रिज १ बाट सीबीपीका अधिकारीहरूले कारबाहीमा ३७२ हजार डलरभन्दा बढीको लागुऔषध नियन्त्रणमा लिएको जनाएका छन् । रेनेगेड जीपसहित २ जना मेक्सिन महिलालाई पनि लागूऔषध ओसार पसारको अभियोगमा पक्राउ गरेका छन् ।
पक्राउ पर्ने २ जना महिलामा २४ र २६ वर्षिया मेक्सिकन रहेका छन् ।
सवारीसाधनलाई थप निरीक्षणका लागि साइडमा लगेर जाँच गरेका थिए। क्यानाइन (सीबीपी कुकुर) र गैर-हानिकारक निरीक्षण प्रणालीको प्रयोगपछि फिजिकल जाँच गर्दा गाडीको फेन्डर र रकर प्यानल भित्र १२ प्याकेज लागुऔषध २७.९१ पाउन्ड कोकिन फेला परेको थियो।
उक्त लागूऔषधको मूल्य ३ लाख ७२ हजार ६ सय ५९ अमेरिकी डलर रहेको छ । पक्राउ परेका गाडी चालक र सहचालकलाई होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन (एचएसआई) का विशेष एजेन्टहरूले अनुसन्धान सुरु गरेका छन्।
ईगलपास पोर्ट अफ इन्ट्रीका पोर्ट डाइरेक्टर पिट बीटीले यो सफलता प्राप्त गर्न निरन्तर प्रयासरत रहेको भन्दै अधिकारीहरूको योगदानको प्रशंसा गरे। उनले भने, “हाम्रा अधिकारीहरूले सीमा सुरक्षा अभियानअन्तर्गत अवैध लागुऔषधको तस्करीविरुद्ध कडा कदम चालेका छन्।”