दक्ष कामदार भर्ना गर्न एच वान बी भिसामा सुधार
वासिङ्टन । अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले एच वान बी भिसा कार्यक्रमलाई आधुनिक बनाउने नयाँ नियम सार्वजनिक गरेको छ। यसले अमेरिकी कम्पनीहरूलाई महत्वपूर्ण क्षेत्रमा दक्ष कामदार भर्ना गर्न सजिलो बनाउँदै देशको अर्थतन्त्रलाई मजबुत पार्ने लक्ष्य लिएको छ।
यस नयाँ नियमले एच वान बी कार्यक्रमलाई स्वीकृति प्रक्रियामा सुधार, लचिलोपन वृद्धि, र कार्यक्रमको निगरानी तथा पारदर्शिता बढाएर सुधार गर्नेछ। यसले अमेरिकी व्यवसायहरूको श्रम आवश्यकतालाई परिपूर्ति गर्न, अनावश्यक झन्झट हटाउन, र कानुनअन्तर्गत अमेरिकी कामदारहरूको सुरक्षा सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।
“अमेरिकी व्यवसायहरूले दक्ष कामदारलाई भर्ना गर्न एच वान बी भिसा कार्यक्रममा निर्भर गर्दछन्, जसले देशभरका समुदायलाई फाइदा पुर्याउँछ,” होमल्यान्ड सेक्युरिटी सचिव आलेहान्ड्रो मेयोरकासले भने। “यस सुधारले विश्वव्यापी प्रतिभा भर्ना गर्न अमेरिकी व्यवसायहरूलाई अझ लचिलोपन प्रदान गर्नेछ र देशको प्रतिस्पर्धात्मकता बढाउनेछ।”
एच वान बी कार्यक्रममा भएका मुख्य सुधारहरू
एच वान बी कार्यक्रमले विशेष ज्ञान र स्नातक तह वा सोभन्दा माथिको योग्यता आवश्यक पर्ने क्षेत्रमा विदेशी कामदारहरूलाई अस्थायी रूपमा भर्ना गर्न अनुमति दिन्छ। यस कार्यक्रम अन्तर्गत भएका प्रमुख सुधारहरू निम्न प्रकारका छन् ।
विशेषज्ञता आवश्यकतामा सुधारस् एच वान बी का लागि विशेष ज्ञान र योग्यता सम्बन्धी परिभाषालाई आधुनिक बनाउन पहल गरिएको छ।
गैर-नाफामूलक संस्थाहरूका लागि छुटस् वार्षिक कोटा नपर्ने गैर(नाफामूलक संस्था र सरकारी अनुसन्धान संस्थाहरूलाई थप सहयोग।
एफ वान विद्यार्थीलाई सहयोग, एच वान बी मा रूपान्तरण चाहने एफ वान विद्यार्थीहरूले वैधानिक स्थिति र रोजगारीलाई निरन्तरता दिन पाउने।
प्रक्रिया द्रुत बनाउनेस् पहिल्यै एच वान बी स्वीकृत भएका व्यक्तिका लागि आवेदन प्रक्रियालाई छिटो बनाउने।
कार्यक्रम निगरानी कडा बनाउने एच वान बी पेसाकर्मीहरूको नियमन सुनिश्चित गर्न निरीक्षण, कारबाही, र कानुनी प्रक्रिया लागू गर्ने।
यस सुधारले अमेरिकी व्यवसायहरूलाई दक्ष कामदार भर्ना गर्न सजिलो बनाउँदै उनीहरूको व्यवसायिक आवश्यकतालाई पुरा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।