चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई करिब ९ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच आज भएको द्विपक्षीय भेटवार्तापछि चीनले नेपाललाई ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।
भेटका क्रममा दुई नेताले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल गरेका थिए। साथै, प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए। प्रवक्ता ढकालका अनुसार, राष्ट्रपति सीले आफूलाई अनुकूल समय मिलाएर नेपाल भ्रमण गर्ने आश्वासन दिएका छन्।
यो सहयोगले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालमा विकास परियोजनाहरू सञ्चालन गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।