राष्ट्रपति बाइडेनले आफ्नो छोरालाई दिए क्षमादान
पेन्सिलभेनिया। अमेरीकी राष्ट्र्पति जो बाइडेनले आफ्नो राष्ट्र्पतिय अधिकारको प्रयोग गर्दै आफ्नो छोरा हन्टर बाइडेन लाई क्षमा दान दिएका छन् । राष्ट्रपति बाइडेनको कार्यकाल अगामी जनावरी २० गते विहान सकिँदै छ । हन्टर बाइडेन अवैध हतियार खरिद गरेको कसुर अपराधी ठहर भएका थिए ।
न्यू योर्क टाइम्सका अनुसार राष्ट्र्रपति बाइडेन ले कार्यकारी आदेश जारी गर्दै हन्टर बाइडेन ले जनावरी १, २०१४ देखी डिसेम्वर १, २०२४ को विचमा गरेका कुनै पनि अपराध वा संलग्न भएको मानिएको सवै कसुरबाट क्षमा दान दिने बताएका छन् ।
रिपब्लिकन नेता हरु हन्टर बाइडेन माथि लागेको अवैध हातहतिर खरिद को विषय लाई चर्को रुपमा उठाउदै आएका थिए । यो विषय ले बाइडेन परिवार तनावमा थियो । राष्ट्र्रपति बाइडेनले आफ्नो पदिय अधिकार को प्रयोग गर्दै पूर्ण एवम्ँ अर्सत क्षमा दान दिएका हुन । यो क्षमा दान पश्चात हन्टर बाइडेन माथि सोही विषयको मुद्दामा कुनै कारवाही हुने छैन । सो मुद्दामा हन्टर बाइडेन माथि २५ वर्ष सम्मको कैद सजाय हुने अवस्था थियो । अव यो क्षमा दान पश्चात हन्टर बाइडेन प्रतिरक्षित भएका छन् ।
यस अघि पनि राष्ट्र्पति क्लिन्टनले आफ्ना सौताने भाइ रोजर क्लिन्टनलाई कोकिनको मुद्दामा क्षमा दान दिएका थिए । राष्ट्र्रपति डोनाल्ड ट्र्रम्पले पनि आफ्नो पहिलो कार्यकालमा आफ्ना सम्धि चाल्र्स कुसनर लाई कर लगायत अन्य मुद्दा अभियोगमा क्षमा दान दिएका थिए ।