उपनिर्वाचनको मतदान सकियो ६२ प्रतिशत मत खस्यो

काठमाडौं । स्थानीय तह अन्तर्गत आइतबार सम्पन्न उपनिर्वाचनको मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय निर्धारण गरिएको थियो। निर्वाचन आयोगका अनुसार करिब ६२ प्रतिशत मत खसेको छ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको जानकारी दिएकी छिन्।
उनले भनिन्, _”मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। अहिलेसम्म करिब ६२ प्रतिशत मत खसेको विवरण आएको छ। सबै विवरण रुजु गर्न बाँकी छ।”
उपनिर्वाचनको विवरण
– मतदाता संख्या: २,२६,७९९
– पद संख्या:
– नगरपालिका प्रमुख: १
– उपप्रमुख: १
– गाउँपालिका अध्यक्ष: २
– उपाध्यक्ष: ४
– वडाध्यक्ष: ३३
– कुल पदहरू: ४१
निर्वाचन आयोगले अधिकांश वडाहरूको मतगणना आइतबार राति १२ बजेसम्म सम्पन्न हुने अपेक्षा गरेको छ। जसमा, एकमात्रै मतदान केन्द्र भएका वडाहरूको मतपेटिका स्थानान्तरण नगरिकनै गणना गरिनेछ।