अमेरिकाले झण्डै ६५ हजार एच-टू बी भिसा उपलब्ध गराउने
पेन्सिल्भेनिया । अमेरिकी सरकारले २०२५ का लागि झण्डै ६५ हजार एच-टू बी भिसा उपलब्ध गराउने भएको छ ।
अमेरिकी होमल्याण्ड सेक्युरिटी विभाग (डीएचएस) र श्रम विभाग (डीओएल) ले संयुक्त रूपमा २०२५ आर्थिक वर्षका लागि थप ६४,७१६ H-2B अस्थायी गैर-कृषि श्रमिक भिसा उपलब्ध गराउने अस्थायी अन्तिम नियम (टीएफआर) सार्वजनिक गरेका छन्।
यो निर्णयले अमेरिकी उद्योगहरूलाई सहयोग पुर्याउने विश्वास गरिएको छ, जसमा आतिथ्य तथा पर्यटन, भूसज्जा, समुद्री खाद्य प्रशोधन, र अन्य थुप्रै क्षेत्रका रोजगारदाता समावेश छन्। यी क्षेत्रमा उपलब्ध, इच्छुक, र योग्य अमेरिकी श्रमिक फेला पार्न कठिनाइ भोगिरहेका रोजगारदाताहरूलाई विदेशी श्रमिकको आपूर्ति हुनेछ।
अमेरिकी होमल्याण्ड सेक्युरिटीका सचिव एलेजान्ड्रो एन. मयोरकसले भने, “एच-टू बी श्रमिकबिना थुप्रै अमेरिकी रोजगारदाता समस्यामा पर्नेछन्। यी भिसाहरू उपलब्ध गराउँदा अमेरिकी अर्थतन्त्र बलियो हुने मात्र होइन, अवैध आप्रवासन घटाउन र योग्य विदेशी श्रमिकका लागि सुरक्षित र वैधानिक बाटो खोल्न सहयोग पुर्याउँछ।”
२०२५ का लागि उपलब्ध थप एच-टू बी भिसाहरूलाई निम्नानुसार चार भागमा विभाजन गरिएको छ:
१. पहिलो छ महिनाका लागि (अक्टोबर १, २०२४ – मार्च ३१, २०२५)
– २०,७१६ भिसा तत्काल उपलब्ध हुनेछन्।
– यी भिसाहरू २०२२, २०२३, वा २०२४ आर्थिक वर्षमा एच-टू बी भिसा पाइसकेका वा एच-टू बी स्थितिमा रहेका श्रमिकहरूका लागि खुला छन्।
२. दोस्रो छ महिनाको प्रारम्भिक अवधि (अप्रिल १, २०२५ – मे १४, २०२५)
– १९,००० भिसा उपलब्ध।
३. दोस्रो छ महिनाको अन्त्य अवधि (मे १५, २०२५ – सेप्टेम्बर ३०, २०२५)
– ५,००० भिसा उपलब्ध।
४. सम्पूर्ण आर्थिक वर्षका लागि
– २०,००० भिसा कोलम्बिया, कोस्टारिका, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हाइटी, र होन्डुरसका नागरिकहरूका लागि छुट्याइएको छ।
थ्याङ्क्सगिभिङ डे : अमेरिकी संस्कृतिको महत्वपूर्ण चाड
November 28, 2024 @ 1:20 am
[…] एच टू बी भिसा […]