लस एन्जलसबाट ३ हजार बढी नक्कली गिब्सन गितार जफत
लस एन्जलस । अमेरिकाको लस एन्जलसबाट ३ हजार नक्कली गिब्सन गितार जफत गरिएको छ ।
अमेरिकाको कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) का अधिकारीहरूले होमल्यान्ड सेक्युरिटी इनभेस्टिगेसन्स (एचएसआई), लस एन्जलस काउन्टी शेरिफ विभाग (एलएएसडी) र गिब्सन प्रतिनिधिहरूसँगको सहकार्यमा ३ हजार भन्दा बढी नक्कली गिब्सन गितार जफत गरिएको हो ।
एशियाबाट आएका समुन्द्रिक कन्टेनरहरू जाँच गर्दा यी नक्कली गितारहरू फेला पारिएको र उक्त जफत गरिएका गितारहरूको वास्तविक खुद्रा मूल्य १८.७४२ मिलियन अमेरिकी डलर रहेको बताइएको छ।
बास्तविक गिब्सन गितार अमेरिकामा मात्रै उत्पादन हुने भएकाले बाहिरका कन्टेनरबाट लगिएकाले ती गितारहरु नक्कली रहेको अधिकारीले जनाएका छन् ।
सीबीपीका लस एन्जलस फील्ड अपरेसन निर्देशक चेरिल एम. डेभिसले नक्कली गितारहरू अनलाइन, सडक बजार, अनाधिकृत खुद्रा विक्रेता, वा व्यक्तिबीचको लेनदेनमा खरिद गर्ने ग्राहकहरूको लागि वास्तविक जस्तो देखिने गरेको बताए ।
लस एन्जलस काउन्टी शेरिफ विभागका लेफ्टिनेन्ट विलियम किचिनले नक्कली उत्पादनले वैध व्यवसायलाई क्षति पुर्याउने, उपभोक्ताको विश्वास कमजोर बनाउने र प्रतिष्ठित ब्रान्डहरूको छवि बिगार्ने भएकाले उपभोक्तालाई सचेत रहन पनि आग्रह गरेका छन् ।
यसैगरी गिब्सनका प्रमुख कार्यकारी अधिकृत सेजर गुएकियनले नक्कली उत्पादनहरूको रोकथामका लागि सरकारी निकायहरूसँगको सहकार्यले ग्राहकहरू ठगिनबाट जोगिएको उल्लेख गरे ।
केही वर्षदेखि सीबीपीले बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन गर्ने वस्तुहरूको आयात रोक्न ठोस कदम चाल्दै आएको छ । फलस्वरुप अघिल्लो आर्थिक वर्ष २०२३ मा सीबीपीले १९ हजार ७२४ कन्टेनर जफत गरेको थियो । त्यसमा लगभग २.३ करोड नक्कली सामान थिए । यी सामानहरूको वास्तविक मूल्य २.७ अर्ब अमेरिकी डलरभन्दा बढी थियो। चीन र हङकङबाट आएका नक्कली सामानहरूले कुल जफतको ४६प्रतिशत ओगटेको छ ।