अवैध रूपमा अमेरिका प्रवेश गरेकी मेक्सिकन महिलाको सीमा क्षेत्रमै मृत्यु
![pcb pcb](https://samajtimes.com/wp-content/uploads/2024/11/pcb.jpg)
न्यू मेक्सिको/ अवैध रूपमा अमेरिका प्रवेश गरेकी एक मेक्सिकन महिलाको सीमा क्षेत्रमा नै निधन भएको छ।
न्यू मेक्सिको एल पासो क्षेत्रीय सञ्चार (९११) केन्द्रले सान्ता टेरेसा वरपरका हराएको आप्रवासीहरूको बारेमा शुक्रवार आपत्कालीन कल प्राप्त गरेपछि सीमा गस्ती टोलीले खोजी गर्दा एक महिला फेला पारेको जनाइएको छ।
सान्ता टेरेसा बन्दरगाहबाट लगभग चार माइल उत्तर पश्चिम अमेरिका र मेक्सिको सीमामा हराएका आप्रवासीहरूको खोजी गरिएको थियो। सो क्रममा एजेन्टहरूले एक महिला सहित अन्य दुई व्यक्तिहरू भेटेको जनाएको छ।
सीमा सुरक्षा अधिकारीहरूले भेट्दा सम्मा ती महिलाले सास फेर्दै गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
उद्धार टोलीले तत्काल उनलाई अस्पताल पुर्याए पनि चिकित्सकले ती महिलालाई मृत घोषित गरेका थिए।
पोस्टमार्टम रिपोर्टमा ती महिलाको मृत्युको कारण गर्मीका कारण स्ट्रोक भएको उल्लेख गरिएको सीबीपीको विज्ञप्तिमा जनाइको छ।