पूर्ण बहादुरको सारङ्गीले सबै रेकर्ड तोड्दै
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले २७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको गरेको छ । १४ दिनमा २७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले बताएका छन् ।
उनका अनुसार यो नेपालको मात्रै कलेक्सन हो । देशबाहिरको कलेक्सन रिपोर्ट सार्वजनिक हुन बाँकी नै छ । “हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।” उनले भने ।
‘पूर्ण बहादुरको सारङ्गी’ले १३ दिनको कलेक्सनबाटै ‘कबड्डी ४’को रेकर्ड तोड्दै नेपालको सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र बनिसकेको छ ।
यो चलचित्रले एकै दिन रु तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा उठान गरेको छ । छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष यो चलचित्रको मुख्य कथा हो ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।












