म्याककोर्मिकद्वारा अस्थायी मतपत्रहरूको सम्बन्धमा मुद्दा दायर
पेन्सिल्भेनिया । अमेरिकी सिनेटको लागि रिपब्लिकन उम्मेदवार डेभ म्याककर्मिकले फिलाडेल्फिया बोर्ड अफ इलेक्शन र तीन शहरका आयुक्तहरू विरुद्ध अस्थायी मतपत्रहरूको सम्बन्धमा मुद्दा दायर गरेका छन् ।
म्याककर्मिक हाल डेमोक्रेटिक सिनेटर बब केसीभन्दा ०.५ प्रतिशतको अग्रतामा रहेका छन् । अहिलेसम्म ९८ प्रतिशत मतदान केन्द्रहरूका परिणाम सार्वजनिक भइसकेका छन् ।
एपीले बिहीबार नै म्याककर्मिकलाई विजेता घोषित गरे पनि, केसीले अहिलेसम्म पराजय स्वीकार गरेका छैनन् । उनले अझै हजारौं मतपत्रहरू गणना गर्न बाँकी रहेको बताएका छन् ।
फिलाडेल्फियाले हाल अस्थायी मतपत्रहरूको परीक्षण र निर्णय गरिरहेको छ । त्यहाँ करिब १५ हजारदेखि २० हजार अस्थायी मतपत्रहरू छन् ।
फिलाडेल्फियाको कोर्ट अफ कमन प्लिजमा दायर गरिएको मुद्दामा म्याककर्मिकले अस्थायी मतपत्रहरूमा कमजोरीहरू भएको उल्लेख गरेका छन् । मतपत्रमा हस्ताक्षर नहुनु र गोपनियताको कुरा पनि उल्लेख गरिएको छ ।
स्टेट सेक्रेटरी अल श्मिटले अस्थायी, सैन्यहरुका मतपत्रहरू सहित १ लाख भन्दा बढी मतपत्रहरू अझै गणना गर्न बाँकी रहेको घोषणा बताउँदै सबैलाई धैर्यता राख्न आग्रह गरेका छन् । पेन्सिल्भेनियामा ०.५ प्रतिशत वा सोभन्दा कम अन्तर रहेमा फेरि मतगणना हुने छ ।