रास्वपाको बालुबाटार केन्द्रीत प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राजधानीको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको छ। पार्टीले लामिछानेलाई सरकारले पूर्वाग्रहपूर्ण रूपमा पक्राउ गरेको आरोप लगाएको छ र उनको रिहाइको माग गर्दै प्रदर्शनलाई निरन्तरता दिँदै आइरहेको छ।
मंगलबार बालुवाटारमा भएको प्रदर्शनका क्रममा रास्वपाका कार्यकर्ता र प्रहरीबीच पटक-पटक झडप भएको थियो। प्रदर्शनको क्रममा केही स्थानमा स्थिति निकै तनावपूर्ण बनेको थियो ।
जसका कारण प्रहरीले केही रास्वपा कार्यकर्तालाई पक्राउ गरेको छ। रास्वपाले आफ्नो सभापतिलाई अनुचित रूपमा पक्राउ गरिएको भन्दै यस कदमको निन्दा गरेको छ र सरकारको रवैया प्रति आक्रोश व्यक्त गरेको छ।
लामिछानेमाथि पोखराको सूर्यदर्शनसहित पाँचवटा सहकारी संस्थामा बचतकर्ताको रकम अनियमितता गरेको आरोप छ। यस प्रकरणमा उनीमाथि अनुसन्धान भइरहेको नेपाल प्रहरीको भनाइ छ। कास्कीको जिल्ला प्रहरी कार्यालयमा गरिएको प्रारम्भिक अनुसन्धान पश्चात, उनलाई अन्य सहकारी ठगीका प्रकरणहरूमा समेत अनुसन्धानको दायरामा ल्याउने तयारी गरिएको छ।
सहकारीमा भएको रकमको अनियमितताबारेको गम्भीर आरोपको पृष्ठभूमिमा, प्रहरीले विस्तृत रूपमा अनुसन्धान गर्दै सहकारी संस्थाको बचतकर्ताको रकम कुन प्रक्रियामा अनियमितता भयो भन्ने विषयमा अध्ययन गरिरहेको छ। साथै, सरकारी अधिकारीहरूले अनुसन्धानको निष्पक्षता र गहिराइ कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
पार्टीले आफ्नो नेता निर्दोष रहेको दाबी गर्दै उनले राजनीतिक उद्देश्यपूर्तिका लागि पक्राउ गरिएको आरोप लगाएको छ। यसैबीच, लामिछानेका समर्थकहरूले रास्वपाको नेतृत्वमा उनको पक्षमा प्रदर्शनलाई देशव्यापी बनाउने योजना बनाइरहेका छन्।