लक्ष्मी पूजाको धार्मिक महत्त्व के छ, कसरी गर्ने ?
प. कमल नाथ सापकोटा मेरिल्याण्ड
हिन्दुहरूको दोस्रो महान् चाड तिहार एवम् भाइ टीका हो यो पर्व पाँच दिन सम्म रहन्छ । विजया दशमी को पन्ध्र दिनपछि यो चाड प्रारम्भ हुन्छ । कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिदेखि प्रारम्भ भई कार्तिक शुक्ल द्वितीया यम द्वितीया भाइटिका को दिन समाप्त हुने गर्दछ ।
यो पर्वको पहिलो दिन काग तिहार दोस्रो दिन कुकुर तिहार तेस्रो दिन लक्ष्मीपूजा गाई तिहार चौथो दिन गोरु तिहार र पाँच दिन भाइटिका लगाएर पूर्ण गरिन्छ । हरेक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल पक्षको द्वितीया सम्म मनाइने पर्व तिहार अर्थात् भाइटिका हो ।
हिन्दु धर्मावलम्बीहरूको दोस्रो यो महान् चाड हो । यो पर्व घरमा झिलिमिली बत्ती बालेर मनाउने पर्व हो यसैले यसलाई दीपावली पनि भनिन्छ । यो पाँच दिनमा आफ्नो बहिनी यमुनाको निमन्त्रणा मा यमराज बिदा लिएर बस्नुहुन्छ भन्ने शास्त्रीय मान्यता छ। यसै कारणले यस चाडलाई यमपञ्चक भनिएको हो ।
लक्ष्मी पूजा सम्बन्धी धार्मिक मान्यता सत्ययुगमा भगवान् वामन अवतार विष्णुले दानवराज बलीसँग तीन पाउँ भूमि भागेका थिए । तब भगवान् वामनलाई प्रसन्न पार्न दीपावली गरी दानवराज ले ठूलो उदाहरण प्रस्तुत गरेका थिए ।
यमपञ्चकको अवसरमा गरिएको सो पूजामा लक्ष्मीले सधैँ बाँस गरुन् भन्ने आशीर्वाद मागेकाले त्यस दिन देखि लक्ष्मी को पूजाको महिमा प्रारम्भ भएको धार्मिक मान्यता रहेको छ । यसै कारणले यमपञ्चकमा लक्ष्मी पूजा विशेष महत्त्व दिन थालिएको हो ।
लक्ष्मी पूजामा आवश्यक सामाग्रीहरू
सबै गृहस्थहरूले कमल र सेतो फूल पूजामा प्रयोग गर्न सक्दछन् । यसै प्रकार किसानहरूले पाँच प्रकारका खाद्य पदार्थका नैवेद्य चढाउनु पर्दछ र व्यापारीहरूले कमलगट्टको माला, विद्यार्थीहरूले धर्मग्रन्थ, अनार र तिलको सामाग्रीसहित पूजा गर्न सक्नेछन् ।
लक्ष्मीको पूजा गर्ने समयमा कर्ताले सेतो वा गुलाबी वस्त्र लगाएर गर्नु पर्दछ । लक्ष्मीको पूजा मध्य रातमा गर्नु उत्तम हुन्छ । लक्ष्मीको गुलाबी कमको फूलमा बसेको प्रकृतिलाई पूजा गर्नुपर्दछ, यस्तो प्रतिकृतीमा उनको हातबाट धनको वर्षा भइरहेको हुनु अति उत्तम हुन्छ ।
अनि अमेरिकामा भाइटिका कति बेला र कहिले लगाउने
लक्ष्मीलाई गुलाबी फूल, विशेष गरेर कमलको फूल चढाउनु पर्छ । उनलाई विशेष रूपमा कमलको फूल निकै मन पर्दछ । यसका साथै लक्ष्मीको मन्त्रहरूको जप स्फटिकको मालाद्वारा गर्दा निकै प्रभावकारी हुन्छ ।
त्यसैले उपयुक्त समय र मुहूर्तमा माता लक्ष्मीको पूजा गरेर लक्ष्मी मन्त्रोच्चारण गर्दै उनलाई खुसी तुल्याउन सके घरमा धनको वर्षा हुने विश्वास रहेको छ ।
हिन्दूहरूको दोस्रो चाड तिहार सुरु
October 28, 2024 @ 10:40 pm
[…] लक्ष्मीपूजाको महत्व […]