प्रधानमन्त्री ओलीसँगको भेटपछि मोदी भन्छन् ‘धेरै राम्रो भेट भयो’
न्यु योर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार बेलुका भेटवार्ता भएको छ ।
उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।
भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।
भेट भएपछि मोदीले नेपाल र भारतको सम्बन्ध मजबुद भएको टिप्पणी गरेका छन्।
सामाजिक सन्जालमा ओलीसँगको भेटको तस्बिर राखेर मोदीले यस्तो लेखेका हुन्।
मोदीले लेखेका छन, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसग न्यू योर्कमा धेरै राम्रो भेट भयो । भारत नेपाल सम्बन्ध धेरै मजबुद छ । हामीले यसलाई अझ गति दिन खोजीरहेका छौ। हाम्रा भेटका मुद्दाहरुमा उर्जा, प्रविधि र व्यापारमा केन्द्रित थिए।’