अमेरिकामा फुटबल खेलाउने नेपाली इन्जिनियर परिवार
पेन्सिल्भेनिया, अमेरिका/ ५१ वर्षीय यदु बञ्जरा पेशाले विद्धुत इन्जिनियर हुन्। उनी अमेरिकाको पेन्सिल्भेनिया राज्यको योर्क काउन्टीमा रहेको एक प्रतिष्ठित हाइड्रोपावर सामाग्री उत्पादन गर्ने कम्पनीमा कार्यरत छन्।
नेपालमा कास्कीका बञ्जरा पुल्चोक इन्जिनियरिङ क्याम्पसका उत्पादन हुन्।
सन् २००४ मा अमेरिका आएका बञ्जारा पछिल्ला समय छुट्टीको दिनमा प्रायशः फुटबल मैदानमा भेटिन थालेका छन्। त्यो पनि रेफ्रिको भूमिकामा ।
अझ रोचक, उनी आफ्ना हाई स्कुल पढ्दै गरेका छोरा छोरी सँगै फुटबल खेलाइरहेका हुन्छ। बञ्जरा र उनका छोरा छोरी तीनै जनाले युएस सकर फाउन्डेसनबाट रेफ्रि लाइसेन्स पनि लिएका छन्।