दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने
काठमाडौं । यस वर्ष दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने निर्णय गरेको छ।
राष्ट्र बैंकले ढुकुटीमा थुप्रिएका सुकिला नोटहरू व्यवस्थापन गर्न यो निर्णय लिएको हो।
प्रत्येक वर्ष दसैं र तिहारमा राष्ट्र बैंकले नयाँ नोट वितरण गर्दै आएको थियो, तर यसपटक अतिरिक्त खर्च बचत र सुकिला नोटहरूको व्यवस्थापनलाई ध्यानमा राख्दै यो कदम उठाइएको सहप्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए।
नयाँ नोट छपाइमा ठूलो धनराशि खर्च हुँदै आएको र सुकिला नोटहरू राष्ट्र बैंकमा थुप्रिँदै गएकाले सुकिला नोट वितरणको निर्णय गरिएको बताइएको छ।