उरुग्वेएन स्टार फुटबलर स्वारेजको अन्तर्राष्ट्रिय खेलबाट संन्यासको घोषण
पेन्सिल्भेनिया/ उरुग्वेका स्टार फुटबलर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषण गरेका छन् ।
विश्व कप छनौट खेल खेल्न का लागी उरुग्वे पुगेका स्वारेजले मोन्टेभिडियो स्थित सिन्टेनेरीयो रंगशालामा आयोजित प्रेस कन्फ्रेन्समा बोल्दै संन्यासको घोषण गरेका हुन ।
उनले प्रेस कन्प्रेन्समा भने, “यो भन्दै गर्दा मलाई पीडा हुन्छ, शुक्रवार को खेल मेरो राष्ट्र र राष्ट्रिय टिमको लागी अन्तिम हुनेछ ।” स्वारेजले अन्तिम खेल घरेलु दर्शक माझ अगामी शुक्रवार, सेप्टेम्बर ६, मा पाराग्वे विरुद्ध को विश्वकप २०२६ छनौट खेल खेल्दै छन् ।
३७ वर्षीय स्टार खेलाडी स्वारेज ले राष्ट्रका लागी १४२ खेल खेल्दै उरुग्वे का लागी सर्वाधिक ६९ गोल गरेका छन् भने ३९ खेलमा गोलको सहयोग गरेका छन् ।
उरुग्वेका सर्वकालिक उच्च गोलकर्ता स्वरेज अहिले अमेरिकी फुटबल लिग एम.एल.एस. मा साउथ फ्लोरिडाको क्लब इन्टर मायामी बाट व्यावसायिक फुटबल खेल्दछन् ।