एनआरएन : वद्री समूह युकेमा, आरके समूह मुद्दा हाल्न काठमाडौंमा
काठमाडौं । विदेशमा बस्ने नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ एनआरएनए इतिहासकै गम्भीर संकटको अवस्थामा पुगेको छ । सर्वोच्च अदालतको २ फैसलाका कारण अहिले विदेशमा बस्ने नेपालीहरु पनि अन्योलमा परेका छन् ।
दशौं अधिवेशनमा डा. शेष घले समूह विभाजित भएपछि ३ जना अध्यक्ष बनाइएको थियो । घले समूहसमेत गर्दा ४ जना अध्यक्ष भएको एनआरएनए भएको थियो । घले समूहले सर्वोच्च अदालतमा हालेको रिटको फैसला गर्दै त्यतिबेला भएको १० औं र ११ औं अधिवेशनलाई अवैध घोषणा गर्दै एकताको अधिवेशन गर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. नहुकुल सुवेदीको इजलासले फैसलाको पूर्ण पाठ सार्वजनिक भएको १ महिना भित्र समन्व्य परिषद्को बैठक बस्ने र त्यसको ६ महिना भित्र एकताको अधिवेशन गर्ने उल्ले छ । तर, ११ औं अधिवेशनका बेला वद्री केसीले संस्था कव्जा गरेको भन्दै राजेन्द्र कुमार (आरके) शर्मा समूहले समानान्तर गतिविधि गर्दै आएको थियो ।
सर्वोच्चको फैसला अनुसार एनआरएनए सचिवालयमा केसी र शर्मा समूहको इन्ट्री अवैध भनिएको थियो । तर, केसी समूहबाट निर्वाचित भएका केही पदाधिकारीले सर्वोच्चमा हालेको रिटमा तिल प्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले केसी समूहलाई काम गर्न उत्प्रेषण आदेश जारी भएको छ । यो आदेश आएसँगै केसी समूहले एनआरएनएको सचिवालय बालुवाटारबाट काम थालिसकेको छ भने घले समूह अहिले पनि पर्ख र हेरको अवस्थामा रहेको छ । केसी अहिले एनआरएनएकै अभियानमा युके पुगेका छन् ।
बेलायतमा बद्री केसीविरुद्ध प्रदर्शन
यता, शर्मा समूहका नेताहरु भने काठमाडौं केन्द्रीत भएका छन् । आरके शर्मा र स्पेनका चिन्तामणी सापकोटा पनि काठमाडौं आइसेका छन्, भने अमेरिकाबाट डा. केशव पौडेल, सुनील साह, युकेबाट कुल आचार्य लगायतका नेताहरु पनि आइतबार सम्म काठमाडौं आइपुग्ने छन् । शर्मा समूहले घलेसँग मिलेर अदालतमा मुद्दा हाल्ने तयारी गरेको बताए । उनले सर्वोच्च अदालतको पछिल्लो फैसलाले बद्री समूहलाई काम गर्न खुला गरेको नभई सचिवालयलाई परराष्ट्रले पठाएको पत्र कार्यान्वयन नगर्न भनेको मात्रै बतए ।