नर्थ क्यारोलिनामा तनहुँबासीको बनभोज
कृष्णराज खनाल
नर्थ क्यारोलिना, अमेरिका । तनहुँ जिल्ला मूल घर भई नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका नेपालीहरुको जमघट, चिनजान र बनभोज आइतवार सम्पन्न भएको छ ।
वनभोजमा महिला, पुरुष र बालबालिकासमेत गरी करिब एक सय ५० जना सहभागी भएको आयोजकहरुले बताएका छन् ।
सात समुद्रपारी आएर नर्थ क्यारोलिनाको विभिन्न स्थानमा बसोबास गर्ने तनहुँका मूल बासिन्दाहरु एकजुट भएर वनभोजको माध्यमद्धारा चिनजान हुनु हामी सबैका लागि खुसीको कुरा हो एनआरएनका उपाध्यक्षसमेत रहनुभएका तनहुँका डा. केशव पौडेलको भनाइ रहेको छ ।
पिकनिकको काममा सक्रिय र संयोजन गर्नुभएका राजु भण्डारीले पहिलोपटक भएकोले केही भूलचुक भए पनि पिकनिक राम्रो भएको प्रतिक्रिया दिए।
डा. अविन ओझाले गरौँ भन्ने भावना लिने हो भने कुनै संघसंस्थाको सहभागिता विना नै यत्तिको कार्यक्रम गर्न सकिँदोरहेछ भन्ने सन्देश दिएको बताए ।
डा. चिरञ्जीवी भट्टराईले यो पिकनिक एकदम राम्रोसँग सम्पन्न भएकोमा खुसी व्यक्त गरे। कार्यक्रममा परिचय र मनोरञ्जनका कार्यक्रम पनि आयोजना गरिएको थियो ।