एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने
काठमाडौं । महिला एसिया कपको उपाधिका लागि श्रीलंका र भारत भिड्ने भएका छन् । शुक्रबार राति श्रीलंकाको दाम्बुला क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलील पाहुना टोली पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।
श्रीलंकालाई जितका लागि एक रन आवश्यक हुँदा खेलको निर्णय पाँचौं बलमा भएको थियो । अनुष्का संजीवनीले आफ्ना घरेलु फ्यानहरूलाई निराश हुन दिइनन् र श्रीलंकालाई फाइनलमा पु¥याउन सफल भइन् ।
खेलको प्लेयर अफ द म्याच श्रीलंकाकी कप्तान चमारी अटापट्टु भइन् । उनले ४८ बलमा ६३ रन बनाइन् । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४ विकेट गुमाएर १४० रन बनाएको थियो ।
अन्तिम दुई ओभरमा श्रीलंकालाई जितका लागि १६ रन आवश्यक थियो र ६ विकेटको पतनपछि केही दबाबमा आयो । सुगन्धिका कुमारीले तेस्रो र पाँचौं बलमा चौका प्रहार गर्दै श्रीलंकालाई खेलमा फर्काइन् । १९ औं ओभरमा १३ रन बनाएपछि श्रीलंकाले अन्तिम ओभरमा तीन रन जोड्नु परेको थियो । पाकिस्तानी कप्तान निदा धर आफैले जिम्मेवारी लिँदै अन्तिम ओभर बलिङ गर्न आइन् ।
पहिलो बल डट बलिङ गरेपछि उनले दोस्रो बलमा सुगन्धिका कुमारीलाई क्लिन बोल्ड गरिन् । तेस्रो बल डट थियो र चौथो बलमा १ रन आयो । श्रीलंकालाई दुई बलमा दुई रन चाहिएको थियो । पाँचौं बल वाइड गएका कारण श्रीलंकाले अतिरिक्त रन पाएको थियो । पाँचौं बलमा सिंगल लिएर श्रीलंका तीन विकेटले जित्दै फाइनलमा प्रवेश गरेको हो ।
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला २६ ले दिइन् निवेदन
पहिला ब्याटिङ गर्दा पाकिस्तानकी मुनेवा अलीले सर्वाधिक ३७ रन बनाउँदा गुल फिरोजाले २५ रन जोडिन् । निदा दारले २३ रन बनाउँदा फतिमा सानाले पनि २३ रनको नटआउट पारि खेलिन् । एलिया रियाज १६ रनमा नटआउट रहिन् । उदेशिका प्रवोधिनी र कभिसा दिलहारीले दुई दुई विकेट लिएका थिए ।
फिलाडेल्फिया युनियनका १४ वर्षीय मिडफिल्डर,जसलाई भनिदैछ ‘भविष्यको मेसी’
शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । खेलमा बंगलादेशलाई आठ विकेटमा ८० रनमा सीमित गरेपछि भारतले ११ ओभरमा बिना कुनै क्षति ८३ रन बनाएर एकतर्फी जित दर्ता गरेको थियो ।