दक्षिण एसियाली करातेमा स्वनिम र एलिसालाई स्वर्ण
काठमाडौं । मित्रराष्ट्र भुटानको थिम्पुमा विहीवारदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा यो समाचार तयार हुदाँ सम्म नेपाललाई ८ स्वर्ण प्राप्त भएको छ ।
प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला –२१ बर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए । एलिसाले सेमिफाईनलमा भुटान र फाईनलमा भारतलाई पराजित गरिन भने स्वनिमले सेमिफाईनलमा श्रीलंका र फाईनलमा भारतलाई पराजित गरेका थिए ।
त्यसैगरि सन्जुले फाईनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए । त्यसैगरि जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसंग पराजित हुन पुगे र जुनियर तर्फकै महिला एकल कातामा फाईनलमा श्रीलंका संग पराजित भई नेपाल कि रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए ।
त्यसैगरि सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्र बहादुर खपाङगीले जानकारी दिए ।
यस अघि प्रतियोगिताको औपचारिक उदघाटन भुटानका राजकुमार टासु जिगेल ले एक बिशेष समारोहका बिच गर्नुभएको थियो ।
भुटान सहित नेपाल, भारत र श्रीलंका सहभागी छन् ।