ब्राजिललाई हराउँदै उरुग्वे कोपाको सेमिफाइनलमा

पेन्सिल्भेनिया। ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार राति भएको खेलमा निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिएको हो।
पेनाल्टी सुटआउटमा उरुग्वेले ब्राजिललाई ४-२ गोलअन्तरले पाखा लगायो।
उरुग्वेका लागि पेनाल्टी फेडेरिको भल्भर्डो, म्यानुअल उगार्टो, रोड्रिगो बेनटान्कर र जर्जियन डी अर्रास्केटाले गोल गर्दा मारिया गिमेनेजको प्रहार ब्राजिलियन गोलरक्षक एलिसनले बचाए।
ब्राजिलका गेब्रियल मार्टिनेली र एन्ड्रेस परेराले मात्रै गोल गर्न सके। डगलस लुइज र एडर मिलिटाओले भने गोल गर्न असफल रहे।