विधान अनुसार अब जनसम्पर्क समितिलाई सक्रिय बनाउन भूमिका खेल्छु [भिडिओ कुराकानी]
पेन्सिल्भेनिया । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण पौडेलले जुन उत्साह जनसम्पर्क समितिमा हुनु पर्ने हो त्यो अलि कम भएको बताएका छन् ।
समाजटाइम्ससँगको संवादमा प्रमुख पौडेलले जनसम्पर्क समिति नेपाली कांग्रेसका शाखा सरह रहेको बताउँदै विधि र विधान अनुसार सञ्चालन गर्न नसक्दा विगतमा तिता अनुभवहरु रहेको पनि बताए ।
उनले भने ‘विधि र विधान अनुसार जनसम्पर्क समितिको समयमै अधिवेशन भएको भए अहिले लथालिंग छन् भन्ने प्रश्न नै आउने थिएन ।’
अहिले पनि विश्वभर ३६ देशमा जनसम्पर्क समिति रहेको बताउँदै कतै तदर्थ समिति कतै समिति नै बनेका थिए । तर, बसाईं सराईंको कारणले पनि केही देशमा संख्या घट्दा समिति समितिकै रुपमा मात्रै रहेको पनि पौडेलले बताए ।
उनले नेपाली कांग्रेसको विधान र जनसम्पर्क समितिको विधान अनुसार यसलाई क्रियाशील बनाउने पनि बताए । नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुन ढिलाई भएको स्वीकार गरे । उनले भने ‘सबैभन्दा जान्ने बुझ्ने साथीहरु बस्नु भएको छ, तर, अरुलाई सिकाउने आफूले कार्यान्वयन नगर्ने चलन बढेको छ ।’
नेपाली कांग्रेसको विधान अनुसार अहिले जनसम्पर्क समितिको कार्यकाल सबैको ३ वर्ष भनिएको छ । तर, अमेरिकामा लामोसमयदेखि अधिवेशन हुन सेकेको छैन । अमेरिकामात्रै होइन, अन्य देशको पनि अवस्था यस्तै रहेको सन्दर्भमा नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलसँग समाजटाइम्सले गरेको भिडओ कुराकानी हेरौं ।