टी-२० विश्वकप : अमेरिकाले पाकिस्तानलाई हरायो
ग्राण्ड प्रेरी, डालास/ आइसिसी टी-२० विश्वकपमा घरेलु टिम अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ।
ग्राण्डप्रेरी मैदानमा बिहीबार भएको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन जोडेको थियो। पाकिस्तान भने १३ रनमा समेटियो।
त्यसअघि २० ओभरको खेलमा पाकिस्तानले सात विकेटको क्षतिमा १५९ रन जोडेको थियो। पाकिस्तानको लागि कप्तान बाबर आजमले ४४ र सादब खानले ४० रन जोड्न सके।
जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि तीन विकेटको क्षतिमा १५९ रन नै जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो। अमेरिकाका लागि कप्तान मोनांम पटेलले ५० रन र आरोन जोन्सले ३६ रन बनाए।
पहिलो खेलमा नै पराजित भएपछि पाकिस्तानलाई सुपर-८ मा पुग्न दबाब पुगेको छ। किनभने अब पाकिस्तानले दोस्रो खेल चिरप्रतिद्वन्द्वी भारतसँग खेल्दैछ।
यता अमेरिकाले भने लगातार दोस्रो जित निकालेको छ। यस अघि उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई पराजित गरेको थियो।
फोटो युएस क्रिकेट