बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित
पेन्सिल्भेनिया । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती समपन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो ।
अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।
यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।
लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।
विहीबार ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिकाले ६ रनको जित निकालेको हो ।
बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले टस जितेर अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएका थिए । टस हारेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । तर लक्ष्यको जवाफमा बंगलादेश १३८ रनमा अलआउट भई खेल ६ रनले पराजित भयो । सिरिजको पहिलो खेल पनि ५ विकेटले जितेको अमेरिकाले लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको छ ।
पहिले ब्याटिङमा आएको आयोजक टोलीलाई ओपनरले राम्रो सुरुवात गराए । स्टिभन टेलर र कप्तान मोनांक पटेलले पहिलो विकेटका लागि ४४ रन जोडे । टेलरले ३१ रनको महत्वपूर्ण इनिङ खेले भने मोनांक पटेलले ४२ रनको महत्वपूर्ण योगदान दिए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका एन्ड्रिज गौस शून्य रनमा पभेलियन फर्किए भने अन्तिम खेलका नायक कोरी एन्डरसन ११ र हरमित सिंह भने खाता नखोलेर आउट भएका थिए । अमेरिकी टोलीलाई १४४ रनमा पुर्याउन आरोन जोन्सले योगदान दिएका थिए । उनले ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रनको इनिङ खेले । बंगलादेशका लागि शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान र रिशाद हुसेनले समान २-२ विकेट लिए ।
१४५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुवात निकै खराब रह्यो । ओपनर सौम्या सरकार पहिलो बलमै आउट भए भने तान्जिद हसन १९ रन बनाएर चाँडै पभेलियन फर्किए । इनिङ्सको मध्यमा कप्तान शान्तोले ३६, तौहिद हरिदोयले २५ र शकिब अल हसनले ३० रन बनाए पनि त्यसपछि लगातार विकेट पतन हुँदा पुरै टोली १३८ रनमा सिमित भयो । अमेरिकाका लागि अली खानले सर्वाधिक ३ विकेट लिए भने सौरभ नेत्रवलकर र शाडले भानले २-२ विकेट लिए । जसदीप सिंह र कोरी एन्डरसनले पनि १-१ सफलता हात पारे ।