मेक्सिकोमा चुनावी मञ्च भत्किँदा ९ जनाको मृत्यु
पेन्सिल्भेनिया । मेक्सिकोमा हुन लागेको चुनावी प्रचार प्रसारका क्रममा तयार पारेको मञ्च भत्किँदा ९ जनाको मृत्यु भएको छ ।
सान पेड्रो गार्जा गार्सियामा राष्ट्रपति पदका उम्मेद्वार जर्ज अल्भारेज मेनेजको लागि आयोजित कार्यक्रममा हावा हुरीका कारण स्टेजको केही भाग भत्किएको थियो । मेक्सिकोको राष्ट्रपति पदका उम्मेदवार जर्ज अल्भारेज मेनेजको प्रचारप्रसार कार्यक्रममा मञ्चको संरचना भत्किँदा पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा ५० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले उत्तरी राज्य न्युभो लियोनको सान पेड्रो गार्जा गार्सिया सहरमा हावा चलेको कारण दुर्घटना भएको बताए ।
मेनेजले समर्थकहरूलाई सम्बोधन गरिरहेको स्टेजको एक भाग ढलेपछि आफूलाई छोटो समयका लागि अस्पतालमा भर्ना गरिएको बताए । मेक्सिकोको सामाजिक सुरक्षा संस्थानका निर्देशकले दर्जनौं व्यक्तिको स्थानीय क्लिनिकमा उपचार भइरहेको बताए ।