आणविक हतियार नबनाउन अमेरिकाद्वारा साउदीलाई आग्रह
पेन्सिल्भेनिया । अमेरिकाले साउदी अरेबियालाई आणविक हतियार नबनाउन आग्रह गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइटहाउसमा साउदी युवराज मोहम्मद बिन सलमानलाईस्वागत गर्दै भएको भेटमा दुई देशबीचको सुरक्षा सम्झौता र असैनिक आणविक सम्झौताबारे छलफल गर्दै आणविक हतियार नबनाउन आग्रह गरेको रोयटर्सले जनाएको छ ।
बैठकका क्रममा भएको सम्झौता अनुसार अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने आश्वासन दिएको थियो । अमेरिका साउदीसँग आणविक र सुरक्षा सम्झौता गरेर मध्यपूर्वमा आफ्नो पकड बलियो बनाउन चाहन्छ ।
अमेरिकी एनएसएले साउदी राजकुमारलाई आणविक हतियार बनाउन बन्द गरेमा उसलाई नाटो जस्तो सुरक्षा ग्यारेन्टी दिने वाचा पनि गरेको छ ।
गत वर्ष अमेरिकाले इजरायल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध सुरु गर्न ब्याकडोर वार्ता गरिरहेको थियो ।
यस अवधिमा उनले इजरायललाई मान्यता दिने बदलामा साउदीलाई नेटो स्तरको सुरक्षा उपलब्ध गराउने प्रस्ताव राखेका थिए । यस वर्षको मे महिनाको सुरुमा एउटा रिपोर्ट बाहिर आएको थियो जसमा अमेरिका र साउदी अरेबिया सुरक्षा र आणविक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न निकै नजिक रहेको बताइएको थियो ।
यूएस एटोमिक एनर्जी एक्ट १९५४ अन्तर्गत अमेरिकाले केही सर्तहरूमा अन्य देशहरूलाई आणविक सहायता उपलब्ध गराउन सक्छ । यसका लागि यी देशहरूले ९ शर्त पूरा गर्नुपर्नेछ ।
यसमा आणविक हतियार बनाउन परमाणु प्रविधिको प्रयोग नगर्ने र अन्य कुनै पनि देशसँग गुप्तचर जानकारी आदान प्रदान नगर्ने समावेश छ । साउदी विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश हो । तर, साउदी युवराजले देशको अर्थतन्त्रको तेलमा निर्भरता घटाउन चाहेका छन् । यसका लागि उनले ‘भिजन २०३०’ योजना पनि बनाएका छन् ।
यस योजनाका लागि साउदी नवीकरणीय ऊर्जा उत्पादन गरेर उत्सर्जन घटाउन चाहन्छ । यो लक्ष्य हासिल गर्न परमाणु ऊर्जा महत्त्वपूर्ण साबित हुनेछ । यसबाहेक साउदीले धेरै पटक भने कि यदि इरानले परमाणु बम बनायो भने त्यसो गर्न आफू पछि नहट्ने चेतावनी दिँदै आएको छ ।