टेक्ससमा आँधीका कारण ७ को मृत्यु
पेन्सिल्भेनिया । अमेरिकाको टेक्ससमा आएको आँधीका कारण सात जनाको मृत्यु भएको छ ।
ह्युस्टन सहरमा आएको आँधीका कारण मृत्यु हुने सात पुगेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
अमेरिकाको चौथो ठुलो सहर ह्युस्टनमा बिहीबार भएको भारी वर्षासँगै प्रतिघण्टा सय माइलसम्मको गतिमा आएको हावाले गर्दा थप तीन जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या सात पुगेको सीएनएनले जनाएको छ ।
तीव्र आँधीका कारण आवासीय क्षेत्रमा रूख र बिजुलीका तार खसेका छन् भने राष्ट्रिय मौसम सेवाले साइप्रसको उपनगरमा आँधी आएको पुष्टि गरेको छ ।
ह्यारिस काउन्टी शेरिफ एड गोन्जालेजका अनुसार मृत्यु हुनेमा ८५ वर्षीया महिला पनि रहेकी छिन् । उनको घरमा बिजुलीका कारण आगलागी हुँदा मृत्यु भएको थियो ।
आँधी प्रभावित क्षेत्रको ठूलो भागमा बिजुली काटिएपछि आफ्नो अक्सिजन ट्याङ्की भर्न जानेक्रममा ६० वर्षीय अर्का व्यक्तिलाई अचेत अवस्थामा फेला पारिएको थियो र उनको पनि मृत्यु भएको जनाइएको छ ।
अर्का एक ५७ वर्षीय व्यक्तीको बिजुलीको पोल सार्ने क्रममा पोल खसेर मृत्यु भएको पुष्टि भएको छ ।
ह्युस्टनका मेयर जोन ह्विटमिरेले आँधीपछि चार जनाको मृत्युको यथेस्ट विवरण तुरून्त उपलब्ध नभएको जानकारी दिएका छन् ।