एनआरएनए अमेरिका पेन्सिल्भेनिया च्याप्टरले फेरि रक्तदान कार्यक्रम गर्दै
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरले फेरि रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
पेन्सिल्भेनिया च्याप्टरले मे १७ तारिखका लागि रक्तदान कार्यक्रम तय गरेको जनाएको छ।
अमेरिकन रेडक्रसको सहकार्यमा मेकानिसबर्ग च्याप्टरले डिसेम्बर १७ मा पनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
‘पहिला भएकै ठाँमा हामीले मे १७ मा फेरि रक्तदान कार्यक्रम आयोजना गर्दै छौ। ‘ एनआरएनए अमेरिका पेन्सिल्भेनिया च्याप्टरमा उपाध्यक्ष अभिषेक थापाले समाज टाइम्सलाई भने।
थापाका अनुसार अहिले सम्म तीस जनाले रक्तदानका लागि नाम दर्ता गराएका छन्।
उनले यस क्षेत्रमा रहने सबैलाई रक्तदानमा सहभागी हुन अपिल गरेका छन्।
‘पहिला हाम्रै कार्यक्रममा रक्तदान गरेकाले फेरि पनि रक्तदान गर्न मिल्छ, नयाँ पुराना सबैलाई हामी रक्तदानमा उपस्थित हुन अनुरोध गर्दछौ। ‘ थापाले भने।