कांग्रेस १५औँ महाधिवेशन : जनसम्पर्कतर्फ महिला र पुरुष दुवैमा क्यानडाका उम्मेदवार अगाडि
काठमाडौ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समितितर्फको मतगणनामा ४ हजार मत गणना हुँदासम्म महिला र पुरुष दुवै समूहमा क्यानडाका उम्मेदवारले अग्रता लिएका छन्।
महिलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा बेल्जियमकी सिता सापकोटा घिमिरेले १८ सय १८ मतसहित अग्रता लिएकी छन्। यस्तै क्यानडाकी चन्दा अधिकारीले १५ सय ९९ मत प्राप्त गरेकी छन् ।
अमेरिकाको मेरिल्याण्ड निवासी गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) की पूर्व अध्यक्ष रविना थापाले १५ सय ११, निर्मला थापा मगरले १२ सय ७९ र नन्दिकुमारी न्यौपानेले ५४० मत प्राप्त गरेकी छन्।
ओसियाना–अमेरिका क्षेत्रबाट पुरुष तर्फ एक पदका लागि क्यानडाका उम्मेदवार विद्याभूषण कार्की ११ सय ८३ मत सहित पहिलो स्थानमा छन । कार्कीलाई अमेरिकाको मेरिल्याण्ड निवासी रामजीवी पन्थले नौ सय ३० मत सहित पछ्याइ रहेका छन् । यस्तै कञ्चन पोखरेलले ६ सय ८२, अमृत बस्तीले ५ सय ६२ र कृष्ण गिरी जगन्नाथले ४ चार ३८ मत प्राप्त गरेका छन्।
क्षेत्रगत मतपरिणाम
युरोपबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये जितेन्द्र विक्रम शाहीले ७५५ मत प्राप्त गरेका छन्। विजय मोक्तानले ६२८, शालिग्राम गौतमले ४५८, अङ्कित ओलीले ४५३, टङ्क लम्सालले ३६५, पूर्ण तिमिल्सिनाले ३४२, इन्द्रप्रसाद शर्माले २८१, पूर्णबहादुर हमालले २६८ र शशीभूषण शाहले २४० मत प्राप्त गरेका छन्।
मध्यपूर्वबाट पुरुषोत्तम खनालले १ हजार २०७ मत प्राप्त गरेका छन्। बिमल सुवेदीले १ हजार २७, खेमराज बस्नेतले ८८८ र रितबहादुर कटुवालले ६३० मत प्राप्त गरेका छन्।
प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठले १ हजार ११८ मत प्राप्त गरेका छन्। नवराज शिवाकोटीले ५५४, दण्डपानी कँडेलले ५१८, सुरेश कोइरालाले ४८८, नारायणप्रसाद सुवेदीले ४८२, विनोदबहादुर थापाले ३६१ र चण्डीप्रसाद योङ्याले ३०५ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

















