ह्यारी भण्डारी मतगणनामा निकै पछाडि
पेन्सिल्भेनिया । नेपाली मूलका पहिलो अमेरिकन विधायक डा. ह्यारी भण्डारी पछिल्लो मत गणनामा पछाडि परेका छन् ।
मंगलबार भएको मतदानपछि सुरु मतगणनामा उनी पछि परेका हुन् ।
बहालवाला डेलिगेड भण्डारीले अबको यात्रा सङ्घीय संसद् असम्भव देखिएको छ ।
झण्डै ७० प्रतिशत मत गणनाहुँदा भण्डारी दोस्रो स्थानमा छन् । जोन ओल्स्जबेस्कीले ४४ हजार ३२५ मत प्राप्त गर्दा भण्डारीले ४ हजार ९९७ मत ल्याएका छन् । प्रतिशतका हिसावले जोनले ७८.२ प्रतिशत प्राप्त गर्दा भण्डारीले ८.८ प्रतिशत ल्याएका छन् ।
राज्य संसदमा बहाल रहँदै भण्डारी सङ्घीय संसद्को लागि चुनावी मैदानमा उत्रिएका थिए । सङ्घीय संसद्का लागि आगामी नोभेम्बरमा चुनाव हुदैछ । त्यो चुनावमा प्रतिस्पर्धा गर्नका लागि भण्डारीले आफ्नै पार्टी भित्रको (प्राइमरी) चुनावमा जित्नु पर्ने छ । भण्डारी डेमोक्रयाट पार्टीका उम्मेदवार हुन ।
सङ्घीय संसद्का लागि भण्डारीको क्षेत्र डिस्ट्रिक २ हो । यो क्षेत्रको प्राइमरीमा ६ जना उम्मेदवार छन् ।
सन् २००३ देखि डेमोक्रयाटले जित्दै आएको यो क्षेत्रमा प्राइमरी जित्नेले लगभग अन्तिम चुनाव पनि जित्ने आकलन गरिँदै आएको छ ।