अष्ट्रेलियाको प्रतीक चिन्ह “रातो कङ्गारु”
कमल खनाल
संसारमा केही यस्ता जनावरहरू हुन्छन्। जुन जनावर संसारका सबै ठाउँमा पाउन सकिँदैन। किनभने वातावरणीय अनुकूलता प्राणीहरूको बाँच्ने आधार बनेको हुन्छ। त्यस्तै अनुकूलित वातावरणमा पाइने जनावरहरू मध्येको एउटा जनावर हो कङ्गारु। जुन जनावर अष्ट्रेलिया पाउन सकिन्छ। उत्पत्ति जहाँ हुन्छ त्यहीको हावा पानी र वातावरणीय अनुकूलतामा बाँचेका हुन्छन्।
स्थानान्तरण हुने र गर्ने बित्तिकै अनुकूल वातावरण नहुन सक्छ र जिउन बडो कठिन हुन्छ। त्यसैले अष्ट्रेलियाको मौसम कङ्गारुका लागि अनुकूल छ भन्ने बुझ्न सकिन्छ। कङ्गारु भन्ने बित्तिकै अष्ट्रेलिया र अष्ट्रेलिया भन्ने बित्तिकै कङ्गारुको सम्झना आउन सक्छ। कङ्गारु र अष्ट्रेलिया पर्यायवाची शब्द हो भन्दा पनि हुन्छ। किन भने एकले अर्कोलाई संसारभर चिनाउन मद्दत पुर्याएको छ। त्यसैले अष्ट्रेलियनहरू कङ्गारुलाई सम्मानित जनावरका रूपमा हेर्छन्। जसले संसार भर अष्ट्रेलियाको पहिचान बनाएको छ। कङ्गारु अष्ट्रेलियाको राष्ट्रिय जनावरका रूपमा सम्मानित छ तर कङ्गारुको नाम सुन्नेहरू धेरैलाई कङ्गारु अष्ट्रेलिया भन्दा अन्य मुलुकमा पनि पाइन्छ भन्ने जानकारी नहुन पनि सक्छ। अष्ट्रेलिया र पपुवान्युगिनी दुई मुलुक कङ्गारुको उत्पादन र बाच्नका लागि उपयुक्त स्थान हुन।
कङ्गारुको तस्बिर अष्ट्रेलियाको प्रतीक चिन्हका रूपमा प्रयोगमा ल्याइएको छ। संसारभर यसको प्रचार प्रसार भइरहेकोले पनि कङ्गारु र अष्ट्रेलिया परिपूरक भएर रहेका छन्। अब प्रश्न उठ्छ कङ्गारु संसारको कुन कुन ठाउँमा पाइन्छ ? कङ्गारुहरू कति प्रकारका हुन्छन् । कङ्गारुको रहन सहन र बसोबासका बारेमा र यसको उपयोगिताका बारेमा धेरैलाई जानकारी नहुन सक्छ। त्यसैले यहाँ कङ्गारुका बारेमा केही जानकारी गराइएको छ।
कङ्गारु मार्सुपियल वर्गमा पर्ने जनावर हो। यो एक स्तनधारी प्राणी हो। अष्ट्रेलियामा कङ्गारुको प्रभाव आर्थिक ,सामाजिक र सांस्कृतिक क्षेत्रमा रहेकोले यसको उपयोगिता र महत्त्व अझ ज्यादा रहेको पाइन्छ।
१)आर्थिक रूपमा
कङ्गारु मासु उत्पादनका लागि पनि प्रयोगमा आउने रहेछ। कङ्गारुको मासु अष्ट्रेलियाका सुपर मार्केटहरूमा किन्न पाइन्छ। कङ्गारुको मासु एक्सपोर्ट पनि गरिँदो रहेछ। विशेष गरी मुस्लिमहरूले कङ्गारुको मासु खाने रहेछन्। स्वास्थ्यका लागि बिफ भन्दा पनि कङ्गारुको मासु सर्वाधिक उपयोगी हुने हुनाले पनि यसको प्रयोग हुने गरेको पाइएको रहेछ। यद्यपि अष्ट्रेलियामा कङ्गारुलाई मार्ने वा सिकार गर्ने काम गैर कानुनी मानिन्छ। तर सरकारले कङ्गारुको सिकार गर्न लाइसेन्स दिएका व्यक्तिहरूले भने सिकार गर्न सक्छन्। अष्ट्रेलियामा मानिसको सङ्ख्या भन्दा धन्नै दोबरको सङ्ख्यामा कङ्गारुहरू रहेकोले पनि नियन्त्रणका लागि पनि सिकार गर्ने गरिन्छ। सिकार गर्दा पोथी कङ्गारु भन्दा पनि जोई वा भाले कङ्गारुहरूको सिकार गरिन्छ। विभिन्न रङ्गका कङ्गारुहरू अष्ट्रेलियामा पाइन्छन्। रातो रङ्गका कङ्गारु अष्ट्रेलियाको प्रतीक चिन्ह्रमा प्रयोग भएको हुनाले सिकार गर्न पाइँदैन। त्यो भन्दा अलग रङ्ग भएका कङ्गारुको सिकार गर्न पाइन्छ। त्यसैले कङ्गारु मासुका लागि पनि प्रयोगमा आउने भएकोले यसको आर्थिक प्रभाव रहने भई हाल्यो।
२)सामाजिक रूपमा
सामाजिक रूपमा अष्ट्रेलियाको भावनाको प्रतिनिधित्व गरेर खेलकुदका समयमा सन् १९८३ मा अष्ट्रेलियन टोलीले अमेरिका कप जित्दा बक्सिङ कङ्गारुले चर्चा पाएको रहेछ । अष्ट्रेलियन टोलीले बक्सिङ कङ्गारुलाई आफ्नो खेलकुद युद्धको झन्डाको रूपमा उठाएको थियो । जुन झन्डा हरियो पृष्ठभूमिमा थियो। झन्डामा कङ्गारुको तस्बिर राखिएको थियो। त्यो झन्डालाई रातो-ग्लोब लगाएको सुनौलो कङ्गारुले बोकेको थियो।
साथै अष्ट्रेलियाको ओलम्पिक समितिले १९८० को दशकको अन्त्य तिर सरकारसँग बक्सिङ कङ्गारुलाई निशानीको रूपमा प्रयोग गर्ने अधिकार किनेको थियो र सिड्नीको २००० को ओलम्पिक खेलको उद्घाटन समारोहमा अष्ट्रेलियाली ओलम्पिक टोलीका सदस्यहरूले बक्सिङ कङ्गारुका खेलौनाहरू बोकेका थिए भने दोस्रो विश्वयुद्धमा समयमा त रोयल अष्ट्रेलियन वायुसेनाको आधिकारिक प्रतीक चिन्ह पनि थियो।
अझ भन्ने हो भने बक्सिङ कङ्गारु अष्ट्रेलियाली जनता र पर्यटकहरूका बिचमा समान रूपले भावनात्मक प्रतीक बनेको रहेछ। युवा पुस्ताका लागि त यो प्रतीक यस्तो महत्त्वपूर्ण बनेको रहेछ कि जसले खेलका सकारात्मक मूल्य मान्यताहरू जस्तै खेलप्रतिको आकाङ्क्षा, सकारात्मक मनोवृत्ति व्यक्तिगत जिम्मेवारी, सम्मान र गर्वको प्रतिनिधित्व गर्दथ्यो भन्ने भनाइ रहेछ। यस्तै कारणहरूले अन्तर्राष्ट्रिय खेलकुदहरूमा अस्ट्रेलियालाई सफलता तर्फ उन्मुख हुन उत्साहित गराएको रहेछ। त्यसै कारणले अष्ट्रेलियन सरकारले कङ्गारुलाई अफिसियल सिम्बोलका रूपमा समेत स्वीकार गरेको रहेछ।
३)सांस्कृतिक रूपमा
कङ्गारु’ नाम एउटा आदिवासी शब्दबाट आएको र
अष्ट्रेलियाका आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डवासी मानिसहरूका लागि कङ्गारुहरू सांस्कृतिक र आध्यात्मिक रूपमा निक्कै महत्त्वपूर्ण मानिदा रहेछन्। किम्बदन्ती अनुसार आदिवासीहरूको भाषामा “ कङ्गारु “भन्ने शब्दले “मलाइ थाहा छैन” भन्ने अर्थ लाग्ने रहेछ।
कङ्गारु’ नाम ‘गङ्गुरु’ बाट आएको हो, जुन क्वीन्सल्याण्डको उष्ण तटीय क्षेत्रमा बसोबास गर्ने आदिवासी “गुगा यिमिथिरर” मानिसहरूले पूर्वी ग्रे कङ्गारुहरूलाई दिएको नाम रहेछ । ग्रे कङ्गारुहरू अष्ट्रेलियालीहरूका माझमा एकदमै लोकप्रिय जनावरका रूपमा रहेका रहेछन्। त्यसैले कङ्गारुलाई अष्ट्रेलियन ओलम्पिक समितिले पनि कुनै विशेष खेलसँग नजोडीकन अष्ट्रेलियाको ओलम्पिक टोलीको आधिकारिक मस्कटको रूपमा पनि ग्रहण गरिसकेको रहेछ।
बक्सिङ कङ्गारु जुन खेलकुदमा सहभागी हुँदा ओलम्पिक समितिको झन्डा उचाल्न बनाइएको मस्कट हो। जसलाई जुनसुकै खेलकुद कार्यक्रममा र अष्ट्रेलियाले भाग लिइरहेको धेरै सांस्कृतिक कार्यक्रमहरूमा पनि प्रस्तुत गरिएको देख्न सकिने रहेछ। अष्ट्रेलियन सरकारले अष्ट्रेलियाका ठुला उद्योगहरूको उत्पादनका लागि कङ्गारुको चिन्ह प्रयोग गर्न इजाजत पत्र दियो ।अहिले पनि अष्ट्रेलियाबाट उत्पादन भएका हरेक कुरामा कङ्गारुको चिन्ह देख्न सकिन्छ। २००० को ओलम्पिकमा म्यासकटका रूपमा प्रस्तुत पनि गरिएको थियो। अष्ट्रेलियाका उत्पादनहरूमा मात्र होइन अझ भन्ने हो भने दोस्रो विश्वयुद्धको दौडानमा त रोयल अस्ट्रेलियन वायुसेनाको आधिकारिक प्रतीक चिन्ह पनि रहेछ।
अस्ट्रेलियालाई चिनाउने कङ्गारु र अष्ट्रेलियाका बिचमा युगौँ युगको सम्बन्ध रहिआएको छ। धेरै मानिसहरूलाई अष्ट्रेलिया घुम्ने र कङ्गारु हेर्ने रहर हुन सक्छ। वातावरणीय हिसाबले कङ्गारु ओसियाना देशहरूमा भन्दा अन्य देशहरूमा पाइँदैन। अष्ट्रेलिया र कङ्गारुको बिचको सम्बन्ध ले अस्ट्रेलियालाई देश भनेर चिनाएको पाइन्छ । अष्ट्रेलिया महादेशमा मात्र कङ्गारुहरू पाइन्छन्। हावा पानी र वातावरणीय हिसाबले कङ्गारुहरूको उद्गमस्थल र बसोबासको क्षेत्र पनि हो यो महादेश।
कङ्गारुका किसिम
कङ्गारुहरू चार किसिमका प्रजातिमा विभाजित छन्। पहिलो – रातो कङ्गारु
दोश्रो- एन्टिलोपाइन कङ्गारु
तेश्रो – पूर्वी खरानी कङ्गारु
चौथौ- पश्चिम खरानी कङ्गारु
कङ्गारुसँग बलियो हाते खुट्टा,ठुलो खुट्टा हुन्छ र लामो र बलियो पुच्छर हुन्छ। जसले एक ठाउँबाट अर्को ठाउँमा जान सहयोग गर्छ। पोथी कङ्गारुको अगाडिको भागमा बच्चा राख्ने थैली हुन्छ। त्यही थैलीको प्रयोग गरेर आफ्ना बच्चालाई शत्रुबाट जोगाउँछन्। कङ्गारुको शक्तिशाली पछाडि खुट्टा र लामो, मांसपेशी पुच्छर हुन्छन् जसले शिराकीलाई शक्तिशाली लात दिने क्रममा जनावरको सम्पूर्ण शरीरको वजनलाई समर्थन गर्न सक्छ। कङ्गारुले मानिसमा आक्रमण गर्ने दुर्लभ छन्, तर कङ्गारुहरूले मानिसहरूलाई मार्ने वा गम्भीर रूपमा घाइते बनाएका घटनाहरू छन्।
अष्ट्रेलियामा डिंगो, चील र मानव जस्ता खतरनाक सिकारीहरूले भरिएको छ।त्यसैले उनीहरू बाट बच्न वा उनीहरूसँग लड्न कङ्गारुको व्यवहार बक्सिङ खेल जस्तो देखिन्छ। सिकारीहरूलाई रोक्ने उनीहरूको तरिका बक्सिङ खेल हो र देखिन्छ। कङ्गारुका अगाडिका खुट्टाहरू हिन्डलगहरू भन्दा छोटो र कम शक्तिशाली हुन्छन्, र यद्यपि तिनीहरूले डिङ्गोसँगको लडाइँमा अगाडि र पछाडि दुवै खुट्टाहरू प्रयोग गर्नेछन्, तर पुरुषहरू कङ्गारुहरू बक्सिङ खेलको पोजिसनमा नै मौसम अनुसारको मिलनमा एक अर्कासँग स्क्र्याप गर्छन् वा समात्छन्। तर ती मध्ये कसले एक विशेष महिलासँग मिलन गर्छ भनेर क्रमबद्ध गर्न, दुई वटा नर कङ्गारुहरूको वर्ग हुनेछ, तिनीहरू एक अर्काले पुच्छर फर्काएर बस्नेछन् र तिनीहरूको अगाडिको खुट्टामा लामो पन्जाहरू राखेर एक अर्काको टाउको र पेटमा स्वाइप गर्नेछन्। तिनीहरूको सबैभन्दा शक्तिशाली हतियार भनेको ठुलो पुच्छर हो।
पुच्छरको सहारामा उभिने र बस्ने गर्छन्। तिनीहरूले पुच्छरको प्रयोग गरेर अगाडि र पछाडि ढुङ्गा हान्ने काम समेत गर्नसक्छन। कङ्गारुहरू संसारमा नै सबै भन्दा बढी हपगर्ने जनावरमा पर्छ। एक ठाउँबाट अर्को ठाउँमा जान उनीहरू हप गरेर जान्छन्। यिनीहरू ३५ माइल अर्थात् ५६ किलोमिटर प्रति घण्टा दौडन सक्छन्। उच्च गतिमा दौडन परेको खण्डमा दोब्बर भन्दा बढिनै उफ्रनेछन्। वास्तवमा, यी मार्सुपियलहरू यो पोगो स्टिक-स्टाइल लोकोमोसन प्रयोग गर्ने एक मात्र ठुला स्तनपायी जनावर हुन्।