टेक रुवाली धादिङ नेपाली समाज अमेरिका अध्यक्षमा निर्वाचित
न्यु योर्क/ न्यु योर्क निवासी टेक बहादुर रुवाली धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा निर्वाचित भएका छन्।
न्यु योर्कमा आइतबार सम्पन्न तेस्रो अधिवेशनले रुवालीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हिमाल (सागर) अधिकारी निर्वाचित भए। यस्तै उपाध्यक्षमा गणेश लामिछाने र महासचिवमा राम मल्ल ठकुरी निर्वाचित भए।
सचिवमा निरज अमात्य, कोषाध्यक्षमा बलराम श्रेष्ठ र सह कोषाध्यक्षमा हरि गिरी निर्वाचित भएका छन्। समाजको सदस्यमा १२ जना निर्वाचित भएका छन्।
प्रमुख निर्वाचन आयुक्त रामहरि अधिकारी, आयुक्तहरू दिवाकर पाण्डे, राजन गौलीको समितिले निर्वाचनका प्रक्रिया सम्पन्न गरेको हो।
यसै बिच निवर्तमान अध्यक्ष रामेश्वर बुर्लाकोटीले निर्वाचन कमिटी, प्रमुख अतिथि नवराज के सी, समाजसेवी कृष्ण सिंखड़ा लगायत नव निर्वाचित टिमलाई बधाई दिएका छन्।