वद्री केसी र हेमराज शर्माविरुद्ध सर्वोच्चमा अबहेलना मुद्दा दर्ता
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएका दुई अभियन्ता डा. वद्री केसी र हेमराज शर्माविरुद्ध सर्वोच्च अदालतमा अबहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्ता श्यामकृष्ण मास्केले वद्री केसी र हेमराज शर्माका साथै एनआरएनए सचिवालय बालुवाटारलाई विपक्ष बनाएर सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र डा. नहकुल सुवेदीको संयुक्त इजलासले एनआरएनका तीन वटै समूहलाई अवैध घोषणा गर्दै उच्चस्तरीय समितिको पहिलो बैठक बसेको मितिले ६ महिनाभित्र अधिवेशन गर्नका लागि आदेश दिएको छ ।
उक्त आदेशपछि एनआरएनए सचिवालयबाट काम गर्दै आएको वद्री केसी र हेमराज शर्मा समूहले अदालतको आदेश विपरित विभिन्न टिका टिप्पणीहरु गरेको भन्दै अधिवक्ता मास्केले अबहेलना मुद्दा दर्ता गरेका हुन् ।