प्रवासी नेपाली मञ्च अमेरिका क्यालिफोर्निया कमिटीको अध्यक्षमा गौतम
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ प्रवासी नेपाली मञ्च अमेरिका अन्तर्गतको क्यालिफोर्निया राज्य कमिटीको अध्यक्षमा चिरञ्जीवी गौतम चयन भएका छन्।
गत शुक्रवार सम्पन्न अधिवेशनले गौतमको अध्यक्षमामा सर्वसम्मत रूपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा शम्भु सिवाकोटी र उपसचिवमा प्रकाश खनाललाई चुनेको छ।
यस्तै सदस्यहरूमा केबी चलाउने, प्रभाकर प्याकुरेल, हेमराज राई, गणेश जिसी र दीपक अधिकारी रहेका छन्। बाँकी दुई जना पछि राज्य कमिटीले छनौट गर्ने जनाइएको छ।
राज्य कमिटीले सल्लाहकार कमिटी पनि बनाउने निर्णय गरेको छ। प्रवासी नपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सदस्य राजेन्द्र सिवाकोटीको प्रमुख आतिथ्ययतामा सम्पन्न अधिवेशनमा अमेरिका राष्ट्रिय कमिटीका सचिव छवि पाण्डेले विशेष अतिथिको रूपमा आफ्नो धारणा राखेका थिए।
सो क्रममा उनले संगठन कमिटीका गतिविधि, राज्य कमिटी बनाउनु पर्नाको कारण र प्रवासी नेपाली मञ्चले गरेका कामहरूको बारेमा प्रकाश पार्दै राज्य कमिटी, सल्लाहकार कमिटी लगायत क्यालिफोर्नियामा रहेका प्रवासी नेपाली मञ्चका सदस्यहरू र शुभेच्छुकलाई मे २५ र २६ मा हुने साधारण सभामा उपस्थित हुनको लागि समेत अनुरोध गरे।
कमिटीका निर्वाचित सदस्यहरूलाई प्रमुख अतिथि सिवाकोटीले शपथ खुवाएका थिए।












