डा. ह्यारी भण्डारीको चुनावी अभियानको लागि सहयोग समूह गठन
मेरील्याण्ड/ अमेरिकाको संघीय सांसदका लागि मेरील्याण्ड राज्यको डिस्ट्रिक्ट २ वाट कंग्रेशनल चुनावको लागि उम्मेदवारी दिएका नेपाली मूलका पहिलो विधायक डा. ह्यारी भण्डारीको चुनावी अभियानलाई सहयोग गर्न समिति गठन गरिएको छ।
भण्डारीको सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार समितिले आर्थिक, स्वयम सेवक परिचालन तथा अन्य सहयोग जुटाउने छ।अमेरिका भरिका संघ संस्थाका प्रतिनिधि, प्रबुद्ध समूह, विभिन्न पेसा र व्यवसायमा संलग्न नेपाली अमेरिकनहरूको भर्चुअल माध्यमबाट गरिएको भेलाले सर्वसम्मत रूपमा न्यु योर्क निवासी कानुन व्यवसायी वासु फुलाराको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा अमेरिका भरिबाट सघं संस्थाका प्रतिनिधिहरू, विभिन्न पेसा व्यवसायमा संलग्न रहँदै आएका व्यक्तित्वहरू रहेको जनाइएको छ।
संयोजक फुरालाले कंग्रेशनल चुनावी अभियानमा भण्डारीलाई सहयोग गर्न पाउनु एक सुखद पल भएको टिप्पणी गरे। ‘संयोजकको रूपमा चयन हुन पाएकोमा मैले सम्मानको रूपमा लिएको छु। अव हामीहरूले भण्डारीले हासिल गर्नुभएको राजनीतिक उँचाइलाई होस्टेमा हैँसे गरेर हाम्रो समुदायको हितको लागि काम गर्नु पर्छ।’ उनले भने।
फुरालाले अमेरिकामा रहेका नेपालीको सपनालाई साकार रूप दिन भण्डारीको चुनावी अभियानमा हातेमालो गर्नु पर्नेमा जोड दिए।
भेलामा उपस्थित भएका एक दर्जन भन्दा बढी राज्य सामाजिक अभियन्ताहरूले भण्डारीको चुनावी अभियानलाई हरेक तरिकाले साथ र सहयोग पुर्याउन प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा सहभागी व्यक्तित्वहरूले भण्डारीले विगत एक दशक देखि नेपाली अमेरिकनलाई अमेरिकाको मूलधारको राजनीतिमा सहभागिता जनाउन खेलेको भूमिकाका, समुदायको बृहत्तर हितको लागि अहोरात्र खटेर आफूलाई अव्वल राजनीतिज्ञको रूपमा स्थापित गराइसकेकोले उनलाई सहयोग गर्न अमेरिकावासी नेपालीलाई अनुरोध गरे।
भण्डारीको चुनावी क्याम्पनेरका श्याम रिभर्स,र्सम्याट केशलरले अहिले सम्मका गतिविधिहरूको बारेमा समुदायका अगुवाहरूलाई जानकारी गराएका थिए।
कार्यक्रममा भण्डारीको क्यापेनले चुनावी अभियानलाई लक्षित गरेर आर्थिक सहयोग उपलब्ध गराउन पठाउँदै आएको म्यासेज,इमेल मार्फत सहयोग गर्न समुदायलाई अपिल गरिएको जनाइएको थियो ।
कार्यक्रममा कंग्रेशनल उम्मेदवार तथा मेरील्याण्ड राज्यका डेलिलिगेट हयारी भण्डारीले नेपाली अमेरिकनको साथ र सहयोगले यो अभियानलाई उचाइमा पुर्याउन सकिने धारणा राखे।
‘हाम्रो यस अभियानलाई सशक्त ढङ्गले अगाडि बढाउनको लागि एक महत्त्वपूर्ण टिममा क्रियाशील रहेको छ । जसमा साम रिभर्स राजनीतिक अभियान तथा व्यवस्थापनमा काम गर्नु हुन्छ । उहाँसँग एक दशक लामो अनुभव रहेको छ ।’ भण्डारीले भने, ‘यस गरी म्याट केस्लरले विभिन्न कार्यक्रमहरूको आयोजना तथा स्वंयसेवकहरुको परिचालनमा भूमिका निर्वाह गर्नु हुन्छ।’
उनले ब्रिटनी बोडेनहाईमरले विगत एक दशक देखि चुनावी अभियानमा रणनीतिक कार्य योजनाको क्षेत्रमा काम गर्दै आएको पनि बताए। यसै गरी मिकयेर ईलियट एक अनुभवी राजनीतिक रणनीतिकारको रुपमा निर्वाचनमा विजय हासिल गराउन सहयोग पुर्याउन भूमिका खेल्ने पनि बताए।
भण्डारीले आफ्नो टिममा मिशेल गजेव्स्कीले रणनीतिका साथ चुनावी अभियानको भूमिकामा अनुभव प्राप्त व्यक्ति भएको बताए। उनले टीममा रहेका केभिन म्याकोओन, मारा कुनिन, जोशुआ एस्टेवान उलिबार्री र हाना हलको सामुहिक कार्ययोजनामा चुनावी अभियानमा नविनतम अनसुन्धान, नागरिकका लागि सेवामा महत्वका साथ कामगर्दे आएको प्रस्टाए।
भण्डारीले भने, ‘यो चुनावी अभियान तपाई हाम्रो आवाजलाई अमेरिकाको राजधानीसम्म पुर्याउने एक महत्वपर्णू अवसर हो, तपाईहरुको यो हौसलाले मलाई उत्पेरणा मिलेको छ । मलाई विश्वास छ हामीहरुले विविधताले भरिएको अमेरिकामा हामीहरुले ईतिहास निर्माण गर्न सक्नेछौं ।’
भण्डारीलाई सहयोग गर्न यहाँ क्लिक गर्नु होला।