पुनरावेदन अदालतले दियो ट्रम्पलाई २ सय ८९ मिलियन डलरको राहत
न्यु योर्क/ अमेरिकाको न्यु योर्क पुनरावेदन अदालतले पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको नागरिक ठगी मुद्दा (सिभिल फ्रड केस) मा धरौटी रकम (बन्ड मनी) मा २ सय ८९ मिलियन डलर को राहत दिएको छ ।
यस अघि उक्त नागरिक ठगी मुद्दामा न्यु योर्कको डिस्ट्रिक्ट कोर्टले ट्रम्पलाई ४ सय ५४ मिलियन डलरको धरौटी रकमको फैसला सुनाएको थियो ।
उक्त रकम जम्मा गर्न सहयोगी तथा फाइनाइसीयल कम्पनी समक्ष पुगेका ट्रम्प बन्ड रकम भने जम्मा पार्न सकेका थिएनन् ।
यो फैसला विरुद्ध पुनरावेदन अदालत पुगेका ट्रम्पलाई पुनरावेदन अदालत भने राहत दिएको छ । यो बारेमा भर्खरै फैसला गर्दै न्यु योर्क पुनरावेदन अदालतले ट्रम्पलाई १ सय ७५ मिलियन डलर मात्र बन्ड तिर्न आदेश दिएको छ ।
बन्ड रकम घटाउँदै उक्त रकम भने १० दिन भित्र चुक्ता गर्न समेत अदालतले आदेश गरेको छ ।
अर्को तर्फ ट्रम्प विरुदको यौन काण्ड छुपाउन घुस (हस मनि) दिएको अर्को फौजदारी मुद्दाको बहस भने न्यु योर्कको डिस्ट्रिक्ट अदालतमा अप्रिल १५ देखि सुरु हुने भएको छ ।
उक्त मुद्दाको बहस केही समय पछि धकेल्न ट्रम्प गरेको आग्रहलाई अस्वीकार गर्दै जस्टिस हुआन जे. मारचेनले अप्रिल १५ देखी बहस सुरु गर्ने निर्णय आजै सुनाएका छन् ।
रिपब्लिकन पार्टीका तर्फ बाट आगामी राष्ट्रपतीय निर्वाचनका उम्मेदवार निश्चित उम्मेदवार भएका ट्रम्पको एक पछि अर्को मुद्दाका कारण उनको उम्मेदवारी के कसो हुने हो आम चासो को विषय बनेको छ ।