माग बढे पछि आइसीसी पुरुष टी २० विश्वकपका टिकट थपियो, मार्च १९ सम्म किन्न सकिने
पेन्सिल्भेनिया/ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) पुरुष टी २० विश्वकपका टिकट थप गरिएको छ।
यस पटकका विश्व कप अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ। पहिलो चरणमा खुल्ला गरिएका टिकट केही दिनमा नै बिक्री भएका थिए।
दर्शकको माग उच्च भए पछि बिहीबार टिकटहरू थप गरिएको आइसीसीले जनाएको छ। आइसीसीले थपिएका टिकट मार्च १९ तारिख बिहान दश बजे सम्म खरिद गर्न पर्ने जनाएको छ।
विश्व कपमा नेपालले पनि खेल्दै छ। समूह चरणका चार मध्ये नेपालले दुई खेल अमेरिकाका टेक्सस र फ्लोरिडामा खेल्ने छ।
आइसीसीले थप गरिएका टिकटहरू वेस्ट इन्डिज र अमेरिकाका सबै नौ स्थानमा हुने खेलहरूको लागि उपलब्ध हुने जनाएको छ।
आइसीसीले ३० लाख भन्दा धेरै टिकटका लागि आवेदनहरू प्राप्त भएको जनाएको छ।
टिकट किन्न इच्छुकहरूले tickets.t20worldcup.com मा खाता खोलेर सुरक्षित रूपमा टिकटहरू खरिद गर्न सक्छन्। क्यारिबियनमा हुने खेलको टिकट मूल्य ६ अमेरिकी डलर रहेको छ। अमेरिकामा हुने खेलका लागि ३५ डलर मूल्य तोकिएको छ।