अमेरिकामा नेपालले खेल्ने विश्वकप क्रिकेटको सबै टिकट विक्री
पेन्सिल्भेनिया । यसै वर्षको जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसीसी टी २० विश्वकप क्रिकेटको टिकट बिक्री फेब्रुअरी २ मा खुला भएको थियो । टिकट विक्री खुला भएपछि भारत र पाकिस्तानको म्याचको टिकट एकदमै छोटो समयमा सवै बिक्री भएका थिए ।
यसैगरी नेपालले खेल्ने खेलका टिकटहरु पनि विक्री भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नेपालले अमेरिकामा २ र वेस्टइन्डिजमा २ खेल खेल्ने छ । नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सँग जुन ४ तारिखमा खेल्ने छ । यसैगरी श्रीलंकासँगको खेल पनि अमेरिकामा हुने छ ।
त्यसपछि दक्षिण अफ्रिका र बंगलादेशको खेल भने वेस्टइन्डिजको सेन्ट भिसेन्टमा हुने छ । नेपालले अमेरिकामा खेल्ने खेलका टिकटहरु विक्री भइसकेका छन् । अर्थात जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग डालास र जुन ११ मा फ्लोरिडामा हुने खेलको टिकट विक्री भइसकेका हुन् । यसैगरी भारत पाकिस्तान, भारत अमेरिकाका खेलका टिकट विक्री भइसकेको आइसीसीले जनाएको छ ।
आइसीसीले अनलाइन टिकट खरिद गर्दा एउटा आइडीबाट बढीमा ६ वटामात्रै किन्न पाइने नियम पनि बनाएको छ । यसैगरी प्रत्येक खेलको टिकट मूल्य पनि फरक फरक रहेको छ । विश्वकपको सबैभन्दा सस्तो टिकट ६ डलरको र महँगो २५ डलरको रहेको छ ।
विश्वकपमा ५५ खेल हुनेछन् । २० टिमलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो । ४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन् । सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन् ।
नेपालको खेल
नेदरल्यान्डसविरूद्ध – जुन ४- अमेरिका, डालास
श्रीलंकाविरूद्ध – जुन ११ – अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध – जुन १४ – सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध – जुन १६- सेन्ट भिसेन्ट
समूह विभाजन
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल