मच्छिन्द्रले जित्यो केपी ओली कप
काठमाडौं । दोस्रो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।
निर्धारित अवधिमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । न्युरोड टिमका विवेक पेनाल्टी सुटआउटमा गोल गर्न चुके ।
पेनाल्टी सुटआउटमा न्युरोड टिम चुकेसँगै मछिन्द्र नगद १० लाख रुपैयाँ राशिसहितको उपाधि उचाल्न सफल भएको हो । उपविजेता एनआरटीले ५ लाख राशिमा चित्त बुझाएको छ ।
एमाले भ्रार्त संगठन राष्ट्रिय य्वा संघको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित १० टिमको सहभागिता थियो ।