गायनाका ओझा अमेरिकाबाट डिपोर्ट
वासिङ्गटन डिसी / इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले गायनाका कानन्द ओझा अमेरिकाबाट डिपोर्ट भएको जनाएको छ ।
आइसद्वारा बुधवार साँझ जारी गरिएको विज्ञप्तिमा ओझा सन् २०१५ मा भएको हत्यासम्बन्धी घटनामा खोजीमा रहेका व्यक्ति थिए ।
गायनामा जारी पक्राउ पुर्जीका कारण ओझाले अमेरिकामा आफ्नो कानुनी आप्रवासन हैसियत गुमाएको जनाइएको छ ।
ओझा जुलाई २०१५ मा कानुनी प्रक्रियाबाट अमेरिका प्रवेश गरेका थिए। तर, आफ्नो देश गायनामा उनी विरुद्ध हत्या प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनको कानुनी आप्रवासन हैसियत रद्द गरिएको आइसले जनाएको छ।
आइसका अधिकारी, विशेष अनुसन्धान अधिकृत तथा अमेरिकी मार्शल सेवाका डेपुटीहरूले सन् २०२५ सेप्टेम्बर ८ मा न्यु योर्क लङ आइल्यान्ड सिटीबाट ओझालाई पक्राउ गरेका थिए। त्यसपछि उनलाई अमेरिकाबाट निष्कासन गरिएको हो।
आइसले उपलब्ध विवरणमा उनी विरुद्धको घटनाको थप प्रकृति, पीडितको पहिचान वा गायनामा उनीमाथि भएको कानुनी कारबाहीको पछिल्लो अवस्थाबारे खुलाइएको छैन।
















