अमेरिकाको पेन्सिल्भेनिया स्थित ल्यानक्यास्टरमा गरियो सरस्वती पूजा
ल्यानक्यास्टर/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टर सरस्वती पूजा गरिएको छ।फ्रुटभिल पाइकमा गत शनिवार विद्याकी देवी सरस्वतीको मन्दिर स्थापना गरी धूमधाम पूजा गरिएको हो।
तिथि अनुसारको सरस्वती पूजाको दिन विद्यार्थीहरू नियमित स्कुल जानु पर्ने भएकाले शनिवार कार्यक्रम आयोजना गरिएको आयोजक मध्येका एक डिल्ली तिमिल्सिनाले बताए ।
मन्त्र पाठ सहित विधिवत् रूपमा दियो, कलश र गणेश सहित सरस्वती माताको पूजा गरिएको थियो।डिल्ली तिमिल्सिनाले उपस्थित सबैको प्रतिनिधित्व गर्दै पूजामा कर्ता बनेका थिए।
हेम धिताल,डेगनाथ तिमिल्सिना,नन्दलाल नेपाल लगायत गुरुहरूले मन्त्रोच्चारण र पाठ गरेका थिए। हेम गुरुबाट सरस्वती विशेष पूजा,वन्दना, छोटो प्रवचन र रवि रुद्र: गरिएको थियो। सो अवसरमा बालबालिकालाई पहिलो पटक अक्षर लेख्न, पढ्न सिकाइएको थियो।
साना बालबालिकाहरूबाट सरस्वती वन्दना, भजन, नृत्य र विशेष बाजाको प्रस्तुति गरिएको थियो। सरस्वतीका बारेमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा बताइएको थियो।
यस्तै समीरन धिमालले गीताको ११ अध्याय पाठ गरेका थिए। उनी ल्यानक्यास्टरमा रहेका नेपाली भाषी बिचमा सानै उमेर देखि गीता पाठमा चर्चित छन्।
हरि धिमाल, निसीका सुवेदी, आयुशा, दिव्या, दिपसिका, अर्चु दुलाल, अर्बिन्द दुलाल, ईसान, आयुश, हिमान्सी र हिमाक्सीले सरस्वती वन्दना गाएका थिए।
साहिन र सोहन मैनाली तथा एन्जल आचार्यले पनि सरस्वती वन्दना गाएका थिए।
प्रनभी मल्ल ठकुरीले हात जोड्छौ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्। उनको भाइ प्रयान मल्ल ठकुरीले ‘फुलकों आँखामा फुलै संसार गीत’ गाएका थिए।
जेसिका ढकाल, जेनिसा ढकाल, र एलिसा घिमिरे तथा पृयसा, रिचा, रिस्ता, त्रिसा र अर्चुले नृत्य प्रस्तुत गरेका थिए। घिन्ताङ – सेविका, दीपिका, श्रृस्टिका, र दिब्य ढकालले पनि कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए।
नेहा धिमालले सरस्वतीको बारेमा गरेको प्रस्तुतीकरण रोचक रहेको थियो। साज्ना गौतमले हार्मोनियम सहित ‘सरस्वती माता विद्याकी दाता’ बोलमा सरस्वती वन्दना गाएकी थिएन।
आयुशा, दिव्या, दिपसिका, रिया, रितिका, निसिका र प्रिसाले ‘विना के बजैया, सातौँ सुर रचैया’ सरस्वती पूजा विशेष नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई रोचक बनाउन सरस्वती विशेष हाजिरी जवाफ पनि गरिएको थियो। सहभागी सबैलाई प्रसाद वितरण गरिएको थियो।
आयोजक मध्येका एक ओम घिमिरेले यस पटकको कार्यक्रम उत्कृष्ट भएको बताए। ‘हामीले सोचे भन्दा राम्रो भयो, सहभागिता उत्साहजनक रह्यो, सहभागीलाई धन्यवाद दिन चाहन्छु।’ घिमिरेले भने।
‘जहाँ रहे पनि हामीले हाम्रो नानीहरूलाई हाम्रो संस्कृतिको बारेमा जानकारी दिनु पर्छ भन्ने हो, त्यसमा हामी सफल भयौ।’ घिमिरेले भने।
कार्यक्रमका तस्बिरहरु…