एनआरएनकै केही व्यक्ति सरकारविरुद्ध लागेका छन् : परराष्ट्रमन्त्री साउद [भिडिओसहित]
पेन्सिल्भेनिया । परराष्ट्रमन्त्री एनपी साउदले गैर आवासीय नेपाली संघमा आवद्ध केही व्यक्तिहरुले लगातार सरकारविरुद्ध विष वमन गरिरहेको बताएका छन् । अस्ट्रेलिया भ्रमणमा रहेका मन्त्री साउदले नेपालीहरुसँगको अन्तरक्रियामा सरकारले एनआरएनएलाई लथालिंग बनाउने कुनै उद्देश्य नलिएको पनि बताए ।
उनले भने ‘सरकार एनआरएनएको मर्यादा बढोस भन्ने चाहन्छ । तपाईंहरु विधान बमोजिमत सहमति गर्नुस भन्ने चाहन्छ । विदेशमा भएका मानिसहरुको एकतलाई आधार बनाएर सहमति गर्नुस् । अहिले केहीले आपसमा झगडा गर्ने अनि सरकारविरुद्ध भाइरल हुनका लागि विभिन्न लेख छपाउने काम गरेका छन् । सरकार भने पनि जति गाली गरेपनि हुन्छ भन्ने छ अहिले । मानिसले के ठिक के वेठिक भन्ने कुरा खोजि राख्या छैन ।’
यसैगरी सरकारले छानविन समिति बनाएको र त्यसबाट निकास निस्कनेमा पनि परराष्ट्रमन्त्री साउद आशावादी देखिएका छन् ।
उनले थप अगाडि भने ‘ सरकारले मन्त्रिपरिषद्को बैठकबाट त्यहाँ भएका सबै कुराहरु छानविन गरेर के गर्दा ठिक हुन्छ भन्ने सुझावसहित दिनका लागि छानविन समिति गठन गरिएको पनि प्रष्ट पारे । उनले अहिले सरकारले केही गरिहाल्छ की भनेर चिन्तित नहुनुस् । सरकारले गलत काम गर्दैन ।’
भिडिओ सामाजिक सञ्जालबाट