मेरिल्याण्ड आध्यात्मिक महोत्सव २०८० : हिन्दू बुद्ध मन्दिर– श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ
विष्णु शर्मा
मेरिल्याण्ड (बल्टिमोर): हिन्दू–बुद्ध मन्दिर, मेरिल्याण्ड एवं वरपर क्षेत्रमा बसोवास गर्ने र सनातन दर्शनमा विश्वास राख्नेहरुकोे आस्थाको साझा थलो हो । मन्दिरलाई साकार रुप दिन सन् २०१७ मा यस क्षेत्रका हजारौ परोपकारी मनहरुले साथ दिनु भएको थियो । मन्दिरप्रति अगाध श्रद्धा भएका अनुयायीहरुले आफ्ना घर धितोमा राखेर मन्दिरलाई सघाउनु भएको थियो । यस सन्दर्भमा मन्दिरको सहयात्रामा तन मन र धनले सेवा गर्नेहरु सधै बन्दनीय, प्रसंसनीय हुनुहुन्छ ।
मन्दिर यात्राः
मन्दिरको यात्रा गन्तव्यमा पुगी सकेको छैन । मन्दिरलाई स्थानीय नेपाली, भारतीय र अन्य समुदायले हरेक तह र तप्कामा माला जस्तै गासिएर साथ दिइरहनु भएको छ । निरन्तर चलिरहेको यस यात्राका अनुभव भने तितामीठा छन् । यात्रारत पाइलामा धेरै पटक ठेस लागेका छन् । थुप्रै चुनौतिहरुको सामना गर्नुपरेको छ । मन्दिरयात्रा निरन्तर छ ।
अनि, भनिन्छ, तिमी चिताउ म पुर्याउछु भन्छन् श्रृष्टिकर्ता । पहिलोपटक श्रीमद्भागवत महायज्ञ सन् २०१७ मा सफलताका साथ सम्पन्न भयो । त्यस महायज्ञमा मन्दिरलाई दिने बाचा गरेको दान अधिकांश उठीसकेको पनि छ । कानुनले भेदभाव नगरे पनि छिमेकीको असहयोग हुदा मन्दिरको यात्रामा कानुनी प्रक्रियामा लामो समय र खर्च भयो । अन्ततः मन्दिरका लागि स्वीकृती प्राप्त भयो । सार्वजनिक स्थल बनाउन आवश्यक पर्ने अन्य परमिटहरुको स्वीकृती लिने कार्य सम्पन्न भएको छ । (यसबारेमा थाहा पाउन मन्दिर कार्यसमितिका कोषाध्यक्षसग सम्पर्क गर्न सकिने छ ।) मेरिल्याण्ड राज्यमा रहेका नौ वटा मन्दिरमध्ये बाल्टिमोर काउन्टिको यो पहिलो मन्दिर हो ।
मन्दिरलाई धन दिने दातासगै वर्षमा हजौरौ घण्टा समय दिने परोपकारी स्वयमसेवकको साथ उत्तिकै स्वागत योग्य छ । स्वयमसेवा आफैमा पुण्ड्य कर्म मानिन्छ । समयलाई पैसामा तुलना गरिने ठाउमा हजारौ घण्टा स्वयसेवा अतुलनीय छ ।
खुशीको कुरा, सन् २०२३ यता भने मन्दिरमा आउने भक्तजनहरुको सहयोगबाट मन्दिरको खर्च चलेको छ । त्यसो हो भने अब मन्दिरलाई अर्थको
खाचो छैन ? होइन । अझै गर्नुपर्ने काम धेरै बाकी छन् । जस्तैः मन्दिरको आफ्नै भवनको ऋृण, मूर्ति स्थापना, पार्किङ व्यवस्थापन गर्ने स्थान, मूलद्धार, नेपाली भाषा, संस्कृति पठनपाठन स्थल , जेष्ठ नागरिकका लागि वस्ने स्थान, खेल मैदान बनाउने लगायतका कामहरु ।
अतः मन्दिरका बाहय र आन्तरिक संरचनाहरुलाई सम्पन्न गर्न अर्थ संकलन गर्ने उद्देश्यले यही आउदो मार्च महिनाको ३० देखि अप्रिलको ६ तारिखसम्म मन्दिर परिसरमा मेरिल्याण्ड आध्यात्मिक महोत्सव २०८० श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको छ । यस अनुष्ठानलाई सम्पन्न गर्न आदरणीय वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले नेतृत्व लिनु भएको छ । यस महायज्ञलाई मेरिल्याण्डबासी, यस वरपरका राज्यहरुमा बसोबास गर्ने नेपाली समुदाय एवं सनातन दर्शनमा विश्वास राख्नेहरुको साथ सहयोग अपरिहार्य छ ।
अतः श्रीमद्भागवत महायज्ञ व्यवस्थापनार्थ, मूल आयोजक समिति, कार्यसमिति, कार्यव्यवस्थापन समिति, उपसमितिहरु गठन भएका छन् । जस्तैः पूजा व्यवस्थापन, कलशयात्रा, सरसफाई, पानी, प्रसाद व्यवस्थापन, टेन्ट व्यवस्थापन., पार्किङ व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्थापन लगायतका विविध समितिहरु बनाइएका छन् । यीमध्ये कुनै पनि समितिमा बसेर आफूले जानेको सेवा गर्न सकिने छ । मन्दिर हामी सबैको हो । समितिमा जोडिन बाकीहरुलाई हार्दिक निमन्त्रणा छ ।
यस पटकको श्रीमद्भागवतमा अन्य धार्मिक अनुष्ठानहरु गर्न सकिने व्यवस्था गरिएको छ । उदाहरणका लागि ब्रतबन्ध, तुलादान, बेलविवाह, पितृउद्दार एवं लाखवत्ती प्रज्जवलन कार्यहरु गर्न सकिने छ । यस महायज्ञमा आफूले चाहेको अनुष्ठान गरेर धार्मिक लाभ लिन सकिने छ । व्यक्तिगत रुपमा साप्ताह लगाउन अवसर नपाएकाहरुका लागि यो सुनौलो अवसर पनि हो । परोपकारी र सहयोगी मनहरुले महायज्ञको साताभरी आउने संकल्प गरी आफ्नो पात्रोमा चिनो लगाएर राख्नु हुन म मन्दिर स्वयंमसेविका यहाहरुमा यस रचनाद्धारा हार्दिक अनुरोध पनि गर्दछु ।