मेरो उमेदवारी वारे केही जानकारी:ह्यारी भण्डारी
मैले कुन पदमा उमेदवारी दिन लागेका हुँ ?
हजुरहरुलाई थाहा नैं छ म विगत दुई वटा निर्वाचन मार्फत मेरिल्याण्ड राज्यको डेलिगेट ( साँंसद)को रुपमा काम गर्दे आएको छु । अव मैले मेरिल्याण्ड राज्यको डिष्ट्रिक २ वाट प्रतिनिधित्व गर्ने गरी कंग्रेस मेन अर्थात क्यापिटल हिल वाशिङ्गटन डिसीका लागि संघीय संसदमा उमेदवारी दिएको हुँ ।
मेरो उमेदवारीले नेपाली अमेरिकनको मुख्य रुपमा अमेरिकाको केन्द्रीय राजनीतिमा उपस्थित हुनेछ भन्ने मैले विश्वास लिएको छु । हजुरहरुको जानकारीको लागि अमेरिका भरिवाट कंग्रेस अर्थात अमेरिकाको तल्लो सदनमा ४३५ जनाले प्रतिनिधीत्व गर्दछन् ।
यो सिटमा मैले किन उमेदवारी दिन लागेको हुँ ?
अमेरिकाको तल्लो सदनको रुपमा चिनिने कंग्रेसमा मेरिल्याण्डको डिष्ट्रिक २ वाट प्रतिनिधीको रुपमा विगत ११ वटा निर्वाचनमा विजयी हुनुभएका वरिष्ठतम कंग्रेसमेन ७७ वर्षका डच रुपेशवर्गरले निर्वाचन नलडने घोषणा गर्नु भएको थियो । सोही आधारमा उक्त सीट खुला सिटको रुपमा आएको थियो । यस प्रकारको सिट संभवत मेरो जीवनकालमा फेरि आउने छैंन् । एक राजनीतिज्ञको रुपमा मैले उमेदवारी दिन लागेको हुँ ।
अर्को महत्वपूर्ण पक्ष मैले उक्त क्षेत्रवाट डेलिगेटको रुपमा दुई पटक निर्वाचित भईसकेको क्षेत्र पनि हो, निकै ठूलो आकारको क्षेत्र ( कंग्रेशनल डिष्ट्रिक २ )को क्षेत्रमा पनि पर्ने भएकोले खर्चिलो हुन्छ । ती क्षेत्रमा पुग्नका लागि निर्वाचनका विविध सामाग्री मतदाता माझ पुरयाउनु पर्ने हुन्छ ।
उमेदवारी दिनु भएको क्षेत्र मेरिल्याण्ड भित्रका कुन कुन क्षेत्र पर्छ ?
हामीले उमेदवारी दिन लागेको स्थान अर्थात डिष्ट्रिक २ क्षेत्रमा क्यारोल काउन्टी, वाल्टिमोर काउन्टी र वाल्टिमोर सिटीको केही भाग पर्दछ । उक्त क्षेत्र मेरो वसोवासको क्षेत्र पेरिहल सहित मुख्य मुख्य स्थानहरुमा मिडिल रिभर,पार्कभिल,टाउसन, टिमोनियम,एलिकट सिटी, लक रेभन,ओङ्गिसमिल,रेजिष्टरटाउन,वेष्ट मिनिष्टर,हयामस्टीड,म्यानचेष्टर,टेनीटाउन गरी कूल ९३० वर्ग किलोमिटरको क्षेत्र पर्दछ ।
सन् २०२२ को जनगणना अनुसार ७ लाख ७२ हजार १५३ जनसंख्याको वसोवास रहेको यो क्षेत्रलाई डवल डेमोक्रयाटको रुपमा पनि लिईन्छ । तसर्थ प्राईमेरी निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्वर ५ मा हुने निर्वाचनमा स्वत विजयी हुने संभावना प्रवल रहेको छ ।
कति रकम आवश्यक पर्छ ?
सामान्यतयाः कंग्रेशनल रेसको चुनावी अभियान सञ्चालन गर्नका विगतका उमेदवारहरुले गर्नु भएको खर्चको आधारमा स्वतन्त्र अध्ययन कर्ताहरुले तयार पारेको रिपोर्टको आधारमा १५ लाख डलर देखि २५ लाख डलर सम्मको आवश्यकता पर्ने हुन्छ । यसरी संकलन गरिने रकम चुनावी अभियानको लागि खटिने कर्मचारीहरु , मिडियाको एड, प्लायर, मेलर ( घर घरमा पटक पटक चिठी मार्फत पठाईने चुनावी एजेण्डा सहितको विवरण) , यार्ड साईन तथा ठाउँ ठाउँमा राख्नु पर्ने वोर्डहरुको लागि खर्च गर्नु पर्ने हुन्छ ।
कसरी सहयोग गर्न सक्छौं ?
खासमा म अहिले मेरिल्याण्ड जनरल एसेम्वली पनि जारी रहेकोले साह्रै व्यस्त पनि छु । यसैले हजुरहरुले पाउनु भएको म्यासेज, ईमेल वा टेक्स्ट म्यासेजको आधारमा जे जति सक्नु हुन्छ सहयो गर्नुहुन अनुरोध गर्दछु ।
म विगतमा हजुरहरुले गर्नु भएको साथ र सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । म पूर्ण रुपमा हजुरहरुको उत्प्रेरणा ,हौसला र आशीर्वादले नै आजको स्थानमा छु र भविष्यमा हजुरहरु कै साथमा रहने छु ।
हजुरहरुले जति सक्नुहुन्छ यो लिंकमा गएर दिन सक्नु हुनेछ ।
हार्दिक नमस्कार ।